पोखरा । कोलपाटन बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारण सभा शनिबार भएको छ । कार्यक्रम पोखरा महानगरपालिका सहकारी दर्ता अधिकारी भरतराज पौडेलेको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा उनले सहकारी सञ्चालन गर्दा सहकारी ऐनको पालना गर्दै लक्षित समुदायसम्म पुगेर सेवा प्रदान गर्नुपर्ने बताए । उनले सहकारी नाफामूलक नभई सेवामूलक हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला सहकारी संघका लेखा समिति सदस्य विमला थापा बस्नेत, कास्की बचत तथा ऋण सहकारी संस्थाका लेखा संयोजक तारानाथ पौडेल, माछापुच्छ«े सहकारीका अध्यक्ष पुष्पराज पराजुली, संस्थाका सल्लाहकार प्रकाश पौडेल, पोखरा १५ की वडा सदस्य मन्दिरा परियार, संस्थाका सल्लाहकार रामचन्द्र पोखरेल, प्रतिभा सहकारी संस्थाका अध्यक्ष रत्नबहादुर महत लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा उत्कृष्ट निक्षेपकर्ता सुशीला बानियाँ, उत्कृष्ट कारोबारकर्ता सुमित्रा गुरुङ, उत्कृष्ट कर्मचारीश्र लक्ष्मी गिरी, उत्कृष्ट उपसमितिमा ऋण असुली उपसमितिलाई सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ट अंक ल्याएर पास हुने सेयर सदस्यका छोराछोरीहरुलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो । मनिष थापा, सन्ध्या कुँवर, आर्या बराल, दिक्षा खड्का, जोन्सन गैहे, सिमरन गुरुङ, आशिष कुँवर, विशाल न्यौपाने, गौरव कार्की र सुजल कार्की सम्मानित भएका थिए । यस्तै विद्यावारिधि प्राप्त सेयर सदस्य डा. सुष्मा गिरी, डा. लीला पुरी, डा. दीपा पौडेल, डा. नवराज पौडेल, डा. बीरबहादुर खनाल क्षेत्री र डा. अर्जुनप्रसाद बास्तोलालाई सम्मान गरिएको थियो ।
राजेन्द्र पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा धर्मराज पराजुलीले स्वागत र खेमबहादुर थापाले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
६० कर्मचारीलाई सेवाकालीन तालिम
गण्डकीको दोस्रो आवधिक योजनामा सांसदको सुुझाव : नारा हैन योजनाको मोडल फेरौं
अख्तियारको २२ बुँदेले हैरान बनायो : मुख्यमन्त्री
आफ्नै कामबाट सन्तुष्ट छैनन सांसद मनबहादुर
hero news full width
मुख्य समाचार
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०