पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिङ महरले वर्तमान सरकारले गठबन्धनको मर्म र भावना अनुसार काम गर्न नसकेको बताएका छन् ।
सरकारले काम गर्न नसक्दा लाखौं कार्यकर्ताको भावनामा ठेस पुगेको उल्लेख गर्दै उनले भने कांग्रेसका नेता कार्यकर्ताले खबरदारी भने गरिरहनुपर्ने बताए । नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका स्तरीय प्रथम सम्मेलनको शनिबार अन्नपूर्र्णमा उद्घाटन गर्दै महरले नेपाली कांग्रेसको नेतृत्वको सरकारको पालामा शिक्षा, स्वास्थ्य, सन्चार, जलबिधुत, कृषि लगायतमा उल्लेख्य काम भएको तर पार्टीका नेता, कार्यकर्ताले जनतामा पुरया्उन ध्यान नदिएको बताए ।
केन्द्रीय सदस्य महरले पार्टीमा गुटको बिश्वास गर्नेहरु पनि रहेको तर त्यसलाई निस्तेज गर्नुपर्ने बताउंदै अब यसको विरुद्ध कार्यकर्ताले सावधान गराउनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्य शारदा पौडेलले कांग्रेसले मात्रै बिकासको मुल फुटाउन सक्ने हुंदा आगामी निर्वाचनमा कांग्रेसलाई विजय गराउनका लागी नेता, कार्यकर्ताले जनताका गुनासा सुन्नुपर्ने बताइन् ।
कास्की सभापति किशोरदत्त बरालले उत्पादनमा कांग्रेसलाई जोड्नसके जनताले कांग्रेसलाई भरोसा गर्ने बताए । गण्डकी प्रदेशका सांसद प्रकाश बरालले जनताको बाहक युवा नै रहेको हुनाले उनको मन, मुटुमा बस्ने योजनाहरु कांग्रेसले अगाडी सारेको र कांग्रेसले मात्रै युवाको भावना समेट्नसक्ने धारणा राखेको थिए ।
कार्यक्रममा महासमिती सदस्य रामचन्द्र त्रिपाठी, आइबहादुर गुरुङ, जिल्ला उपसभापति युवराज कुवंर, क्षेत्रिय सभापति मनोज गुरुङ, गण्डकी प्रदेश सदस्य जीवन बास्तोला, उदय नेपाली, प्रदेश सदस्य एवं महाधिवेशन प्रतिनिधी सिता गुरुङ, प्रचार बिभाग सदस्य राज बहादुर गुरुङ लगायतले बर्तमान राजनितिक अवस्था बारे आ–आफ्ना धारणा राखेका थिए ।
जिल्ला सदस्य बिष्णु अधिकारी, प्राध्यापक यादवराज अधिकारी,डिएलए अध्यक्ष कपिलमणी दाहाल,महिला संघ सभापति मिना पाण्डे,तरुण दलका केन्द्रिय सदस्य पशुपति भट्टराई, नेबिसंघ केन्द्रिय सदस्य बिकास थापा, निर्वाचन प्रदेश २ सभापति जिवनाथ पौडेल,जिल्ला उपसभापति राममबाबू भण्डारी,घोषणापत्र मस्यौदा सदस्य शंकर तिवारी, ईकाई सभापति पिताम्बर भण्डारी लगायतले कांग्रेस जनताको पार्टी रहेको हुनाले जनताको पक्षमा भईरहेका कामलाई अझै अगाडी बढाउनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रम सन्चालन सचिव विजय गुरुङ र सचिवको प्रतिवेदन सहसचिव ताईकाजी गुरुङले र कोषाध्यक्षको प्रतिवेदन लोकराज भण्डारीले स्वागत उपसभापति गौमाया नेपालीले र कार्यक्रमको सभापतित्व कांग्रेस अन्नपूर्र्ण पालिका समिती सभापति मनपति भण्डारीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
स्वर्णिम वाग्ले रास्वपा उपसभापति
गंगाधर पराजुली जिल्ला सदस्यबाट पदमुक्त, सभापतिले नेतृत्व दिन नसकेको पराजुलीको आरोप
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
कांग्रेस नेता सापकोटाको प्रथम वार्षिक पुण्यतिथि
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०