पोखरा । पोखरा १२ पुरानोधारामा रहेको चापापानी सिद्वार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौ साधारण सभा तथा पाँचौ अधिवेशनले दीपक कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्ष श्यामप्रसाद साँखी, सचिव इन्दिरा कोइराला, कोषाध्यक्ष इन्द्रदत्त बराल चयन भए । सदस्यहरू मनोहरि पौडेल, गुप्तबहादुर कार्की, बलबहादुर कार्की, दानबहादुर बस्नेत, कल्पना कार्की, अनिता रानामगर, मनोज कार्की छन् । संस्थाको लेखा संयोजक चित्रप्रसाद दाहाल तथा सदस्यहरू चित्रप्रसाद आचार्य र कृष्णराज पौडेल चुनिए ।
यसअघि सहकारीकोे चौधौ साधारण सभा तथा पाँचौ अधिवेशनमा भूमि, कृषि तथा सहकारी मन्त्रालय सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका सूचना अधिकारी चोलाकान्त वाग्लेले सहकारीलाई राम्रो र हाम्रो बनाउने हो भने वित्तीय सूचांक मासिकरुपमा नियाल्न सेयर सदस्यलाई आग्रह गरे । उनले अहिले नाफाका पछि लागेका र प्राइभेट किसिमले चलेका सहकारीहरू जोखिममा रहेको बताउँदै सहकारीले धेरै निक्षेप संकलन गर्दैमा सहकारी राम्रो नहुने बताए ।
पोखरा १२ का अध्यक्ष सन्तोष बास्तोलाले बजारमा सहकारीहरूको नकारात्मक प्रचार भइरहेको स्मरण गर्दै समुदायको उन्नति र प्रगतिको साथी भनेको सहकारी बन्न सक्नुपर्नेमा जोड दिए ।
चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेशबहादुर कार्कीले चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था कास्कीका औंलामा गनिने सहकारीहरूमध्येमा चिनिने संस्था भएकाले सहकारीका सदस्यहरुले आफ्नै सहकारीमा आर्थिक कारोबार गरी संस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले सहकारीलाई आगामी दिनमा खराब ऋणलाई कानुनी उपचार गरी उठाउन लाग्नुपर्ने बताए । कार्यक्रममा पुरानोधारा सहकारीका अध्यक्ष कृष्णप्रसाद कोइराला संस्थाका सल्लाहकार डा. नगेन्द्रबहादुर भण्डारी लगायतले बोलेका थिए ।
सहकारीका अध्यक्ष नरेशबहादुर कार्की, सचिव श्यामप्रसाद साँखी, ऋण लगानी समितिका संयोजक गुप्तबहादुर कार्की, लेखा संयोजक कुलप्रसाद दाहाल, कोषाध्यक्ष इन्द्रदत्त बरालले प्रस्तुत गरेका प्रतिवेदन सभाले पारित गरेको छ ।
सहकारीका अध्यक्ष नरेशबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रम सहकारीका सहसचिव दीपक कार्र्कीले स्वागत र सचिव श्यामप्रसाद साँखीले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
६० कर्मचारीलाई सेवाकालीन तालिम
गण्डकीको दोस्रो आवधिक योजनामा सांसदको सुुझाव : नारा हैन योजनाको मोडल फेरौं
अख्तियारको २२ बुँदेले हैरान बनायो : मुख्यमन्त्री
आफ्नै कामबाट सन्तुष्ट छैनन सांसद मनबहादुर
hero news full width
मुख्य समाचार
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०