पोखरा । एग्रो टुरिजम सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा शनबिार भएको छ । कार्यक्रम उद्घाटनमा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुुशीला सिंखडाले कृषि र पर्यटनलाई जोड्न सकेमा त्यसले आम सर्वसाधारणलाई उत्पादनसँग जोड्ने बताउँदै आर्थिक समृद्धिका लागि उत्पादनमा जोडिनु आवश्यक भएको उल्लेख गरिन् । पछिल्ला समयमा सहकारीहरूमा समस्या देखिने गरेका बताउँदै उनले प्रत्येक सहकारीलाई उत्पादनसँग जोड्दै आर्थिक अनुशासन कायम गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
सहकारीका अध्यक्ष डिल्लीराम बरालले कृषि तथा पर्यटनको पूर्वाधारको विकास गर्दै उद्यमशीलता मार्फत रोजगारीको सिर्जना गरी गरिबी न्यूनीकरण गर्नका लागि एग्रो टुरिजमको अवधारणा अघि बढाइएको बताए ।
पत्रकार पौडेल सम्मानित
साधारणसभाका अवसरमा राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश कार्यालय प्रमुख वासुदेव पौडेललाई एग्रो टुरिजम अग्रज पत्रकार सम्मान प्रदान गरिएको छ । समाचार सम्प्रेषणका माध्यमबाट कृषि पर्यटनका क्षेत्रमा विशिष्ट योगदान पुु¥याएको भन्दै पौडेललाई नगद, दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको हो ।
उक्त अवसरमा उत्कृष्ट मुद्दती बचत कर्ताबाट मनुुमाया खत्री, उत्कृष्ट दैनिक बचत कर्ताबाट प्रमोद अधिकारी, साजन अधिकारी र सन्तोष पौडेल, उत्कृष्ट खुत्रुके बचत कर्ताबाट सजित लामगादे, उत्कृष्ट असल ऋणीबाट बसन्ती बानिया, उत्कृष्ट कृषि उद्यमी व्यवसायबाट श्याम रायमाझीलाई सम्मान गरियो । त्यस्तै उत्कृष्ट पर्यटन व्यवसायीबाट भुवनबहादुर आचार्य, युवा उद्यमी पुरस्कारबाट प्रयासी गुरुङ, महिला उद्यमी पुरस्कारबाट विष्णुमाया आचार्य, उत्कृष्ट कर्मचारी पुरस्कारबाट विन्दुुमाया शर्मालाई सम्मान गरियो । उत्कृष्ट ज्येष्ठ नागरिकमा महिलातर्फ राधिका कोइराला, पुरुषतर्फ बद्रीनाथ पहारी, एग्रो टुरिजम कृषि उद्यमी व्यापार सम्मानबाट खिमलाल सुवेदीलाई सम्मान गरियो ।
सहकारीले एसइई २०८० सम्मानबाट कामना आचार्य र विधाता बस्ताकोटी एवम् प्लसटुुतर्फ अनमोल आचार्य, कुसुम जिसी, सन्ध्या सुवेदी, निर्दोष कार्की, शरदा गिरी र प्रिया नेपालीलाई सम्मान ग¥यो ।
कार्यक्रममा पोखरा महानगरपालिका ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी, पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरिया, सहकारीका उपाध्यक्षद्वय टीकाराम पौडेल र श्रीभद्र बराल, सचिव बाबुराम सुवेदी, भरतपोखरी साना किसान कृषि सहकारीका अध्यक्ष रामजीप्रसाद अधिकारी, अग्रसर बचत तथा ऋण सहकारीका अध्यक्ष रजनी कोइराला, भरतपोखरी बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष कृष्णप्रसाद अधिकारी लगायतले कृषि पर्यटनका माध्यमबाट उत्पादन र उत्पादकत्व बृद्धिका साथै रोजगारी सिर्जना गर्न सकिनेमा जोड दिए ।
Related News
सम्बन्धित समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
लेखनाथ महोत्सवका ६० प्रतिशत स्टल बुकिङ
औद्योगिक व्यापार मेला २१ मंसिरदेखि
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सद्वारा लघु बिमा साक्षरता
महोत्सवलाई महिला उद्यमीले सघाउने
hero news full width
मुख्य समाचार
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०