फेदीखोलामा ‘नवीन राप्रपा’

आदर्श समाज सम्वाददाता
असाेज ६, २०८०
rpp

पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘नवीन राप्रपा’ अभियान स्याङ्जाको फेदीखोला गाउँपालिकामा सुरुआत गरिएको छ । सोही अनुसार शनिबार फेदीखोलामा राप्रपाको विस्तारित बैठक भएको छ ।

बैठकमा राप्रपा फेदिखोला गाउँपालिका अध्यक्ष झपटबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय कार्य सम्पादन समिति सदस्य पूर्वमन्त्री तोरणबहादुर गुरुङ, विशेष अतिथि राप्रपा गण्डकी प्रदेश अध्यक्ष पूर्वमन्त्री पञ्चराम गुरुङ, केन्द्रीय सदस्य हिकमतजंग कार्की, पूर्व सहायक महामन्त्री मदनबहादुर कार्की लगायतका केन्द्रीय नेताको उपस्थिति थियो ।

कार्यक्रममा फेदीखोलाको गाउँ कमिटी पुनर्गठन गरी पार्टीमा युवा र महिलाको उपस्थिति तथा नेतृत्वलाई अगाडि बढाउनका लागि १ हप्ता भित्र वडा कमिटीको बैठक बोलाउने निर्णय भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width