पोखरा । पोखरा ८ स्थित हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो ।
सभाको गोला प्रथाबाट प्रमुख आमन्त्रित चयन भएका सेयर सदस्य भुवनराज बरालले उद्घाटन गरेका थिए ।
सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष वसन्तराज अधिकारीले कोरोना महामारी, आर्थिक मन्दीलगायत अप्ठेरो परिस्थितिलाई छिचोल्दै संस्थाले आफ्नो सन्तुलन कायम गर्दै आएको र बजारमा निक्षेपको चरम अभाव हुँदा पनि कर्जा प्रवाह गर्दै आएको बताए ।
कार्यक्रममा संस्थाका उत्कृष्ट बचतकर्ता दुर्गा कुँवर, मनकला खनाल र सरिता पोख्रेल, कर्जातर्फ चोकबहादुर विक, रुपा गुरुङ र पूर्णबहादुर गुरुङ तथा बेस्ट मेम्बर अवार्डबाट वेदप्रसाद शर्मा वाग्ले, सक्रिय सदस्य वीरबहादुर तामाङ र रुद्रबहादुर राना सम्मानित भए । यसैगरी संस्थाका प्रमुख व्यवस्थापक शिवप्रसाद शर्मा वाग्लेलाई सम्मान गरिएको थियो ।
पुरस्कृत सेयर सदस्य तथा विद्यार्थीहरूलाई संस्थाका सल्लाहकार चन्द्रबहादुर थापा, बोधराज पौडेल, युवराज त्रिपाठी र महेन्द्र अधिकारीले पुरस्कार वितरण गरेका थिए ।
सल्लाहकार नारायणबहादुर कार्की र उमानाथ बरालले शुभकामना व्यक्त गरे ।
संस्थाका अध्यक्ष वसन्तराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाश क्षेत्रीले स्वागत गरेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष पीताम्बर पराजुली (विनय), लेखा समिति संयोजक राजकुमार पौडेल, रकम परिचालन उपसमितिका संयोजक गणेश पहारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
शिक्षा उपसमिति संयोजक कमला सुवेदी र सचिव नरेश तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए । सञ्चालक समिति सदस्य रीतादेवी कँडेलले धन्यवाद ज्ञापन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
लेखनाथ महोत्सवका ६० प्रतिशत स्टल बुकिङ
औद्योगिक व्यापार मेला २१ मंसिरदेखि
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सद्वारा लघु बिमा साक्षरता
महोत्सवलाई महिला उद्यमीले सघाउने
hero news full width
मुख्य समाचार
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०