पोखरा । पोखरा १५ रामबजारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका संस्थापक अध्यक्ष हरिकृष्ण कुँवरले कार्यक्रम उद्घाटन गरे । उनले सहकारी सदस्य अति न्यून हुँदाका बखत स्थापना भएको संस्थामा करिब २८ सदस्य भएकोमा खुसी व्यक्त गरे ।
संस्थाका संरक्षक तथा सल्लाहकार संयोजक निरज थापाले संगम सहकारी नीति र विधिमा चलेका कारण समस्यामुक्त रहेको बताए । उनले पोखराका उत्कृष्ट १० सहकारीमा संगम रहेको दाबी गरे ।
नेफ्स्कुन सदस्य सेवा कार्यालय प्रमुख सूर्यप्रसाद तिमिल्सिनाले संस्थाका एजेन्डामा सेयर सदस्यहरुले व्यापक छलफल गर्नुपर्नेमा जोड दिए । जिल्ला सहकारी संघ कास्कीका उपाध्यक्ष अम्बिका गौतमले सञ्चालक समितिलाई बन्द सत्रमा सकारात्मक सुझाव दिन सेयर सदस्यसँग आग्रह गरिन् ।
कार्यक्रममा संगम योग केसी अक्षय कोषका संरक्षक डा. नम्रता केसी, सेयर सदस्यको तर्फबाट अस्मिता कुँवर र शिवराज वाग्ले, सम्मानित कर्मचारी विकल्प कुँवर लगायतले बोलेका थिए ।
कार्यक्रमबीच संगम सिद्धान्त कुँवर स्मृति छात्रवृत्ति अनिश नेपाली, आशा ओझा, समीक्षा शर्मालाई प्रदान गरियो ।
यसैगरी संगम योग केसी स्मृति पुरस्कारबाट संस्थापक अध्यक्ष क्या. हरिकृष्ण कुँवर सम्मानित भए । संस्थामा १० वर्ष सेवा गरेकी अधिकृत विकल्प कुँवरलाई संस्थाले सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष नवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बुद्धिमान थापाले स्वागत र सञ्चालन सचिव धनराज पुरीले गरेका थिए ।
संस्थाका सचिव धनराज पुरी, कोषाध्यक्ष भरतबहादुर थापा, लेखा सुपरिवेक्षण समिति संयोजक भोविन्द्र गिरीले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको छ । संस्थामा हाल २ हजार ७ सय ४८ सेयर सदस्य रहेका छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
लेखनाथ महोत्सवका ६० प्रतिशत स्टल बुकिङ
औद्योगिक व्यापार मेला २१ मंसिरदेखि
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सद्वारा लघु बिमा साक्षरता
महोत्सवलाई महिला उद्यमीले सघाउने
hero news full width
मुख्य समाचार
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०