पोखरा । गोल्डेन बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारण सभा तथा पाँचौं अधिवेशनले कृष्णप्रसाद पोख्रेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष विना गुरुङ, सचिव ऋषिराम पौडेल र कोषाध्यक्ष कृष्णप्रसाद सुवेदी निर्वाचित भए । सदस्यहरू मोतिप्रसाद पौडेल, विमला आचार्य, दिलमाया पौडेल सुवेदी, ध्रुवकुमार महत र विनय सुवेदी चयन भए । यस्तै लेखा समिति सदस्यमा राजेशकुमार घिमिरे, कृष्णबहादुर कार्की र गीतामणि पाण्डे निर्वाचित भए ।
पोखरा ८ सिर्जनाचोकमा रहेको सहकारी संस्थाको १४ औं साधारण सभा तथा पाँचौं अधिवेशन शनिबार भएको हो । कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले सहकारीले समुन्नत पर्यटकीय सहर बनाउन साथ दिने बताइन् । ‘सहकारी अर्थतन्त्रको ३ खम्बे नीति हो । यसले अर्थतन्त्र सुधार्न सघाउँछ,’ उनले भनिन्, ‘सहकारीले पोखरालाई समुन्नत पर्यटकीय सहर बनाउन साथ दिनेछ भन्ने मलाई विश्वास छ ।’ सहकारीले ७ सिद्धान्तसँगै मूल्य र मान्यतामा रही काम गरे सदस्यहरूको विश्वास जित्न सक्ने उनको भनाइ थियो । महानगरको सहरकारी समितिले पोखराभित्र रहेका सहकारीहरूको हितमा काम गरिरहेकाले आगामी दिनमा अझै प्रभावकारी काम गर्ने उनले बताइन् ।
पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले गोल्डेन सहकारी संस्थामा विश्वास बढ्दै गएका बताए । एक व्यक्ति एक सहकारी संस्था भएमा सहकारी अझ प्रभावकारी रुपमा चल्न सक्ने उनको तर्क थियो । सहकारीलाई व्यवस्थित बनाउन महानगरले अनुगमन र नियमनलाई अझै प्रभावकारी बनाउने गरी अघि बढाएको उनले सुनाए ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघका अध्यक्ष कृष्णप्रसाद बास्तोला, पोखरा महानगरपालिका सहकारी समितिका सदस्य डिपी अधिकारी, सहकारीका संस्थापक अध्यक्ष गुणाखर सापकोटा, राष्ट्रिय सहकारी बैंकका शाखा अधिकृत अमृत श्रेष्ठ, सल्लाहकार भुपाल जैसी, सेयर सदस्य सीता पाण्डे लगायतले गोल्डेन सहकारी संकटको समयमा पनि निष्कलंक चलेको बताएका थिए ।
कार्यक्रममा उत्कृष्ट कर्मचारीबाट सुनिता जिटीलाई नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । यस्तै सर्वोत्कृष्ट कारोबारीमा जीवनप्रसाद अधिकारी, कृष्णबहादुर कार्की र शान्तिदेवी तिमिल्सिनलाई सम्मान गरिएको थियो । धन सिर्जन उत्कृष्ट बचतकर्ताबाट लक्ष्मण भण्डारी, भरतराज अधिकारी र कृष्णप्रसाद पोखरेल सम्मानित भए । उत्कृष्ट बचतकर्ताबाट दुर्गाकुमार आचार्य, बालकृष्ण बराल र भरतराज बराललाई सम्मान गरिएको थियो ।
विभिन्न क्षेत्रमा पदोन्नति भएका सहकारीका सेयर सदस्यहरूलाई उक्त अवसरमा सम्मान गरिएको थियो । यसरी सम्माति हुनेमा राजकुमार पौडेल (पिएचडी), शिवप्रसाद शर्मा (एमफिल), अरुणकुमार शर्मा (प्रहरी उपरीक्षक), अन्जना बराल सुवेदी (पोखरा उच्च बार एसोसियसन सदस्य), विष्णुप्रसाद पोखरेल (निजामती सेवा पदक) र डण्डपाणि अधिकारी (पोखरा उच्च बार एसोसियसन सदस्य) रहेका थिए ।
यसैगरी उच्च शिक्षामा उत्कृष्ट अंक ल्याएर पास हुने सेयर सदस्य तथा सदस्यका छोराछोरीहरूलाई पनि सम्मान गरिएको थियो । स्नातकोत्तरमा उत्कृष्ट हुने दृष्टि खनाल र सौरभ खनाल, स्नातकमा उत्कृष्ट हुने नम्रता जोशी र विनय लामिछाने साथै १२ मा उत्कृष्ट हुने रीतिका पराजुली र रोहन बराललाई नगदसहित सम्मान गरिएको थियो ।
बालकृष्ण बरालको अध्यक्षतामा भएको कार्यक्रम कृष्णप्रसाद पोख्रेलले सञ्चालन र उपाध्यक्ष कृष्णप्रसाद शर्माले स्वागत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
केपी ओली कप : उपाधिका लागि आर्मी र मधेश भिड्ने
हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
मैनादीमा पहिलोपल्ट सुन्तला महोत्सवले किसान उत्साहित
स्वाभिमान सहकारीमा साराबहादुर
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०