पोखरा । पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त अध्यक्ष राजकुमार गुरूङले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
फाइनान्सको गत भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकबाट संस्थाको अध्यक्षमा नियुक्त भएका गुरुङले नेपाल राष्ट्र बैंक, गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक आर्या जोशीबाट शुक्रबार अध्यक्ष पदको सपथ ग्रहण गरेका हुन् ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय पोखराका निर्देशक आर्या जोशीले नवनियुक्त अध्यक्ष गुरूङलाई सपथ ग्रहण गराउँदै राष्ट्र बैंकको निर्देशिकाको पूर्ण पालना गर्दै संस्थागत सुशासनमा ध्यान दिएर कुशल नेतृत्व प्रदान गर्न शुभकामना दिइन् ।
सपथ ग्रहण कार्यक्रमको प्रारम्भमा पोखरा फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले नवनियुक्त अध्यक्ष गुरूङबारे संक्षिप्त जानकारी गराए । अध्यक्ष गुरुङले आफ्नो कार्यकालमा पोखरा फाइनान्स लिमिटेडलाई ग्राहकको रोजाइको फाइनान्स बनाउने र सेयरधनीलाई उच्च प्रतिफल दिन प्रतिबद्ध रहने विचार व्यक्त गरे ।
नवनियुक्त अध्यक्ष राजकुमार गुरुङले सपथ ग्रहण कार्यक्रममा मन्तव्य राख्दै पोखरा फाइनान्सको अध्यक्ष पदमा नियुक्त हुन पाएकोमा खुसी व्यक्त गरे । साथै उनले नेपाल राष्ट्र बैंकको निर्देशिका एवं संस्थागत सुशासनको पूर्ण पालना गर्दै फाइनान्सको प्रगतिको लागि हरदम प्रयत्नशील रहने प्रतिबद्धता जनाए ।
Related News
सम्बन्धित समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
लेखनाथ महोत्सवका ६० प्रतिशत स्टल बुकिङ
औद्योगिक व्यापार मेला २१ मंसिरदेखि
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सद्वारा लघु बिमा साक्षरता
महोत्सवलाई महिला उद्यमीले सघाउने
hero news full width
मुख्य समाचार
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०