पोखरा । गण्डकी बोर्डिङमा शनिबार सिनियर लेभल अभिभावक दिवस सम्पन्न भएको छ । अन्य विद्यालय तुलनामा फरक ढंगले अभिभावक दिवस मनाउने गण्डकीले विद्यार्थीलाई नै विविध क्रियाकलापमा सरिक गराउँछ ।
कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले आयोजना गरेको कार्यक्रममा उनीहरुले विभिन्न नृत्य, गायन तथा विविध प्रस्तुति दिएर अभिभावकलाई दंग पारे ।
विद्यालय प्राचार्य वीरेन्द्र खड्काले विद्यार्थीहरु पठनपाठनमात्र सीमित नभई चौतर्फी विषयमा ज्ञान हासिल गर्नुपर्ने बताए । उनले शिक्षाको गुणस्तर वृद्धिमा विद्यार्थी, शिक्षक र अभिभावकको सहकार्य आवश्यक रहने बताए ।
अभिभावकतर्फबाट अभिभावक संघ सदस्य बिमला भण्डारीले विद्यालयले कक्षा १२ को परीक्षामा ९९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएकोमा हार्दिक बधाई ज्ञापन गरिन् । नेपाल पत्रकार महासंघ कास्की अध्यक्षसमेत रहेकी उनले विद्यार्थीको सर्वाङ्गीण विकासमा गण्डकी बोर्डिङको गुणस्तर सधैं अब्बल रहेको बताइन् । कक्षा ९ देखि १२ भनेको विद्यार्थीको लागि ऊर्जाशील समय हो भन्दै अभिभावकको लगानी सम्झेर निकै संवेदनशील भइ पढ्नुपर्ने सुझाव दिइन् ।
कार्यक्रमका कक्षा १२ की छात्रा आयुशा गुरुङले स्वागत मन्तव्य व्यक्त गरिन् । कार्यक्रमको मुख्य प्रस्तोता कक्षा १० की सृपना थापा र कक्षा १२ की श्रीषा कोइरालाले संयुक्तरुपमा संचालन गरे । विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मानबहादुर थापाले कार्यक्रम सञ्चालनमा सघाएका थिए । यस्तै, कक्षा १० का सुयोगप्रताप बानियाले धन्यवाद ज्ञापन गरे । कार्यक्रममा विभिन्न जातजाति, भेषभूषा, भूगोल समेटिएका ८ नृत्य एवं २ गीत प्रस्तुत गरिएको अतिरिक्त क्रियाकलाप प्रमुख थापाले बताए।
Related News
सम्बन्धित समाचार
ॐ कैलाश शिवढुंगा शिवशक्ति महापीठधामले स्मारिका प्रकाशन गर्ने
मैनादीमा पहिलोपल्ट सुन्तला महोत्सवले किसान उत्साहित
प्राडा कुसुमाकरलाई तुलसीमान श्रेष्ठ स्मृति लोकसाहित्य सम्मान
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
hero news full width
मुख्य समाचार
राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
मंसिर १४, २०८०गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०