बिरौटा सहकारीको रक्तदान

आदर्श समाज सम्वाददाता
असाेज ५, २०८०
birauta blood

पोखरा । बिरौटा बचत तथा ऋण सहकारी संस्थाले १४ औंं वार्षिक रक्तदान कार्यक्रम गरेको छ । संविधान दिवस अवसरमा संस्थाले पोखरा–१७, बिरौटामा आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन भयो ।

पेट, छाती तथा सुगर थाइराइड रोग विशेषज्ञ डा. मनबहादुर गुरुङले पहिलो रक्तदाता संस्थाका अध्यक्ष टीकाप्रसाद पौडेललाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । उनले संस्थाले रक्तदान कार्यक्रम गरेर सामाजिक उतरदायित्व पूरा गर्ने प्रयास गरेको बताए । उनले रक्त अभावमा छटपटिएका बिरामीलाई यस्तो कार्यले जीवनदान गर्ने हुँदा कार्यक्रमलाई नियमितता गर्न सुझाव दिए ।

रक्तदान कार्यक्रम तथा खेलकुद स्वास्थ्य उपसमिति संयोजक दीपक बराल र नि.अध्यक्ष राजेन्द्र गुरुङले रक्तदान कार्यक्रमबारे प्रकाश पारेका थिए । संस्थाका अध्यक्ष टीकाप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष धुव्र अधिकारी र सञ्चालन सचिव ओमप्रकाश बरालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रिय बहुउद्देश्यीय सहकारीको २२ औं वार्षिक साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पोखरा १०, रामबजारस्थित राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था लि.को शनिबार २२ औं वार्षिक साधारणसभा सम्पन्न भयो । संस्थाका संरक्षकसमेत…
  • सुजल डेरी र सेलवेजलाई अवार्ड

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघले लक्ष्मी ग्रुपअन्तर्गत सुजल डेरी प्रालि र सेलवेज डिपार्टमेन्टल स्टोर गरी २ संस्थालाई सर्वोत्कृष्ट व्यवसायी…
  • डिएलए कास्कीमा शर्मा

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) कास्की अध्यक्षमा कमलपति शर्मा निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्पन्न निर्वाचनबाट शर्माको नेतृत्वमा…
  • पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि शनिबार मतदान भएको छ । पोखराको सबैभन्दा जेठो संस्थाको ३५ औं…
  • पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पाेखरा, २९ भदौ । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि.को छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार पोखरा न्यूरोडस्थित पाल्पा…

hero news full width