पोखरा । बायोमी इन्टरनेसनल युकेको सहयोगमा अन्नपूर्ण ३ स्थित लक्ष्मी आधारभूत विद्यालयमा शुक्रबार झोला तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।
बायोमीका नेपालस्थित प्रबन्ध निर्देशक राजेन्द्र अधिकारीको उपस्थितिमा ५५ थान झोला तथा स्टेसनरी वितरण गरिएको हो । प्रबन्ध निर्देशक अधिकारीले आफू हुर्केको ठाउँस्थित विद्यालयको शैक्षिक उन्नयनका लागि सहयोग गर्न पाएकोमा खुसी लागेको बताए । उनले आगामी दसैंको अवसर पारेर विद्यार्थीलाई पोशाक पनि उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
बायोमीका निर्देशक भावना थापाले संस्थाले विभिन्न विद्यालयको शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको जानकारी दिइन् ।
विद्यालय अध्यक्ष डिलबहादुर क्षत्रीले सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोग बढाउँदै जान अनुरोध गरे । पूर्व विद्यार्थी लोकनाथ पौडलले सहयोग आफैँमा महत्वपूर्ण हुने स्पष्ट पार्दै कार्यक्रम समन्वय गर्न पाएकोमा खुसी व्यक्त गरे ।
त्यस अवसरमा वडा सदस्य कृष्णप्रसाद पौडेल, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ सदस्य, पूर्व विद्यार्थी, समाजसेवी, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रह्यो । विद्यालय अध्यक्ष क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रअ टंकप्रसाद भण्डारीले स्वागत तथा शिक्षक तारानाथ पौडेलले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
प्राडा कुसुमाकरलाई तुलसीमान श्रेष्ठ स्मृति लोकसाहित्य सम्मान
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
पाल्पाली सहकारी र मणिपालबीच सम्झौता
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०