पाठकलाई प्रदेश खेलकुद परिषद् गण्डकीको नि.सदस्यसचिव जिम्मेवारी

आदर्श समाज सम्वाददाता
असाेज ५, २०८०
keshav pathak

पोखरा, ५ असोज । प्रदेश खेलकुद परिषद् गण्डकीको निमित्त सदस्यसचिवको जिम्मेवारी पत्रकार केशव पाठकले पाएका छन् ।

सदस्यसचिव श्रीधर शर्मा १९ औं एसियन गेम्सको लागि चीनको हान्जाउ जानुपर्ने भएकोले उनले परिषद् सदस्य पाठकलाई असोज ५ देखि १३ गतेसम्मका लागि उक्त जिम्मेवारी दिएका हुन् ।

शर्माले जिम्मेवारी सुम्पेको पत्रमा भनिएको छ, ‘१९ औं एसियन गेम्सको खेलकुदको अध्ययन अवलोकनका लागि राखेपको बोर्ड निर्णयअनुसार म सदस्यसचिव चीनको हान्जाउ जानुपर्ने भएकोले मेरो अनुपस्थितिमा परिषद्को सामान्य दैनिक प्रशासन संचालन गर्न तपाईंलाई निमित्त सदस्यसचिवको जिम्मेवारी दिएको छु ।’

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष पाठक पोखराका पुराना खेलकुद पत्रकार हुन् । विभिन्न संघसंस्थामा आबद्ध उनी पोखराबाट विशुद्ध खेल सम्बन्धित अनलाइन ‘पोखरास्पोर्टस्’ चलाउँछन् । उनी नेपाल ह्याण्डबल संघको केन्द्रीय सचिवसमेत हुन्।

प्रदेश खेलकुद परिषद्मा निमित्तको जिम्मेवारी दिने व्यवस्था यो पहिलो हो ।

Related News

सम्बन्धित समाचार

hero news full width