यातायात पत्रकारिता पुरस्कारबाट ऋषिकान्त सम्मानित

आदर्श समाज सम्वाददाता
असाेज ५, २०८०
rishikanta

पोखरा । यातायात व्यावसायिक पत्रकारिता पुरस्कार–२०८०’ बाट ऋषिकान्त पौडेल सम्मानित भएका छन् ।

पोखरा यातायात प्रालिले नेपाल पत्रकार महासंघ कास्कीको सहकार्यमा प्रदान गर्दै आएको सो पुरस्कारको राशि २५ हजार रुपैयाँ र सम्मानपत्र छ ।

कम्पनीको पाँचौ वार्षिक साधारण सभा अवसरमा बिहीबार आयोजित समारोहमा उनलाई सो पुरस्कार हस्तान्तरण गरिएको हो । सडक यातायातसँग सम्बन्धित सूचना एवं सचेतनामूलक समाचारको माध्यमबाट सुसूचित गराउन उल्लेख्य योगदान पुर्‍याएकोमा पौडेललाई पुरस्कृत गरिएको जनाइएको छ । कान्तिपुर टेलिभिजनमा कार्यरत पौडेल यसअघि हिमदूत पत्रकारिता पुरस्कारबाट पनि सम्मानित भइसकेका छन् ।

यातायात व्यावसायिक पत्रकारिता पुरस्कार यसअघि दीपेन्द्र श्रेष्ठ, गोविन्द सुवेदी, सन्तोष अधिकारी, अर्जुन गिरी, रञ्जन अधिकारी, यदुनाथ बञ्जरा, कमल पौडेल ‘अथक’ सम्मानित भैसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width