लमजुङ । जिल्लास्तरीय अन्तरवडा भलिबल प्रतियोगिताको उपाधि राइनास नगरपालिका–५ ले जितेको छ ।
फाइनलमा मध्यनेपाल नगरपालिका–५ लाई ३–२ सेटले पराजित गर्दै उसले उपाधि जितेको हो । प्रतियोगितामा १० टिमले भाग लिएका थिए ।
प्रतियोगितामा राइनास ५ का कुशल श्रेष्ठ र अमृत गुरुङ क्रमश: उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरको उपाधि प्राप्त गरेका छन् । उपविजेता टिमका सरोज कुमालले उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गरे ।
आयोजक क्लब पूर्व अध्यक्ष विष्णु गुरुङका अनुसार प्रतियोगितामा पहिलो हुने टिमलाई ४० हजार नगद, शिल्ड, ट्रफी र प्रमाणपत्र, दोस्रो हुने टिमका लागि २५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । उत्कृष्ट उपाधि पाएका ३ जनालाई जनही १ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरियो ।
मस्र्याङ्दी गाउँपालिका–६, बाहुनडाँडा स्थित स्थानीय योगस्टार युवा क्लबको २७ औं वार्षिकोत्सव अवसरमा सो प्रतियोगिता गरिएको हो ।
समापनमा मस्र्याङ्दी गाउँपालिका– ६ का वडाध्यक्ष मीनराशि गुरुङ, क्लबका अध्यक्ष पवित्रा गुरुङले संयुक्त रुपमा पुरस्कार र प्रमाणपत्र वितरण गरेका हुन् । आयोजक क्लबका अध्यक्ष पवित्रा गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन पूर्व अध्यक्ष विष्णु गुरुङले गरेका थिए । प्रतियोगिताको मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले उद्घाटन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
युनिप्स खेल महोत्सव उद्घाटन आज
आइटिएफ जे–३० टेनिस जारी
युनिप्स खेल महोत्सव
पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
हिसान स्पोर्टस् मिटमा ८ हजार विद्यार्थी
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०