सामाजिक सुधारक माधव पौडेलको स्मरण

आदर्श समाज सम्वाददाता
असाेज ५, २०८०
madhav smriti 2

पोखरा । माधवप्रसाद पौडेल स्मृति प्रतिष्ठानको १५ औं साधारण सभा तथा ३० औं स्मृति दिवस बिहीबार सम्पन्न भयो । सभाको जिल्ला समन्वय समिति कास्की प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्दै माधव पौडेल एक कर्मशील, इमानदार व्यक्तित्व भएको स्मरण गर्दै उनको योगदान चिरकालसम्म स्मरणीय रहने बताए । माधव पौडेल एक आदर्श शिक्षक, उत्कृष्ट सामाजिक अभियन्ता, आध्यात्मिक चिन्तक, इमानदार राजनीतिक व्यक्तित्व र कास्कीबाट कम्युनिस्ट आन्दोलनको कुशल अगुवाको रुपमा रहेको पनि उनले चित्रित गरे ।

कार्यक्रममा प्रतिष्ठानले प्रदान गर्ने उक्त वडाका विभिन्न विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति समेत हस्तान्तरण गरे । प्रतिष्ठानले उत्कृष्ट नतिजा हासिल गर्ने कक्षा ९ र १० मा अध्ययनरत ८ विद्यार्थीलाई जनही ५ हजार छात्रवृत्ति र प्रमाणपत्र प्रदान गर्दै आएको छ ।

कार्यक्रममा रेडक्रस कास्कीका जनस्वास्थ्य विज्ञ कल्पना ज्ञवाली, कास्की रेडक्रसका कार्यसमिति सदस्य रमा त्रिपाठी, प्रतिष्ठानका विशिस्ट सदस्य विष्णुबहादुर खत्री, भीमप्रसाद बास्तोला, कृष्णप्रसाद पौडेल, विन्ध्यवासिनी माविका प्रअ कृष्णप्रसाद आचार्य, शिक्षासेवी शंकर गौतम, स्थानीय समाजसेवी चूडामणि गौतम, कांग्रेस पोखरा २० का अध्यक्ष कुलप्रसाद अधिकारी, एमाले पोखरा २० का अध्यक्ष त्रिलोचन गौतम लगायतले माधव पौडेलको योगदानको स्मरण गरे ।

प्रतिष्ठान अध्यक्ष रामजीप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष ईश्वरीप्रसाद पौडेल र सञ्चालन सचिव हिमबहादुर बस्नेतले गरे ।

प्रतिष्ठानले त्रिदिवसीयरूपमा माधव स्मृति दिवस मनाएको थियो । बुधबार आयोजित रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन भयो । सोही दिन अन्तरविद्यालय हाजिरीजवाफ भयो । जसमा कालिका मावि काहँु प्रथम, विन्ध्यावसिनी मावि दोस्रो र महेन्द्र मावि भलाम तेस्रो भए । मंगलबार माधव स्मृति भवन परिसरमा सरसफाइ भयो ।

विभिन्न स्कुल स्थापनासँगै शिक्षण पेसामा आबद्ध माधव पौडेल समाजका विभिन्न क्षेत्रका सुधारक थिए । साविक भलामको अध्यक्ष निर्वाचित भएर राजनीतिक र सामाजिक विकासमा योगदान दिएका थिए । उनको २०५० सालमा ५० वर्षको उमेरमा निधन भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width