हेमजा गोल्डकपको तयारी

आदर्श समाज सम्वाददाता
असाेज ५, २०८०
hemja football

पोखरा । हेमजामा सातौं संस्करणको अन्तर्राष्ट्रिय हेमजा गोल्डकपको तयारी थालिएको छ । हेमजा युनाइटेडको आयोजनामा आउँदो कात्तिक ११ देखि १८ गतेसम्म हुने उक्त गोल्डकपको प्रारम्भिक तयारी थालिएको हो ।

जसअन्र्तगत भेला बसी क्लबका निवर्तमान अध्यक्ष इन्द्रबहादुर कुँवरको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । भेलाले महादेव अधिकारीको संयोजकत्वमा अर्थ संकलन, निराजन अधिकारीको संयोजकत्वमा प्रचारप्रसार, राजु सापकोटाको नेतृत्वमा स्वयम्सेवक तथा युवा परिचालन उपसमिति पनि गठन गरेको छ ।

भेलाले विष्णु कुँवरलाई खेलमैदान व्यवस्थापन, चिदानन्द त्रिपाठीलाई संघसंस्था समन्वय, सौरवजंग कार्कीलाई खेलाडी व्यवस्थापन, महोदत्त पौडेललाई खाजा तथा सामग्री खरिद व्यवस्थापन उपसमितिको जिम्मेवारी पनि दिएको छ ।

त्यसैगरी सुधिरजंग थापाले प्राविधिक कमिटी, गौतम सापकोटाले यातायात व्यवस्थापन, तीर्थराज देवकोटालाई साउन्ड सिस्टम तथा प्राविधिक, वसन्त अधिकारीले मञ्च व्यवस्थापन तथा सजावट, उमा भुत्र्यालले स्वागत सत्कार तथा आमा समूह परिचालन, वसन्ती पौडेलले खानेपानी तथा सरसफाई उपसमितिको जिम्मेवारी पाएका छन् ।

भेलाले जगतबहादुर थापाको संयोजकत्वमा विष्णु कुँवर, नवराज अधिकारी र सुधिरजंग थापा रहेको जुरी कमिटि पनि निर्माण गरेको छ ।

‘युवा एकता र विकासका लागि खेलकुद’ नाराका साथ हुने उक्त आमन्त्रित नकआउट फुटबल प्रतियोगितामा विदेशी १, आयोजक समूह सहित ८ टिमको सहभागिता रहने युनाईटेडका अध्यक्ष राजेश त्रिपाठीले जानकारी दिए ।

प्रतियोगिताबाट बचेको ५० प्रतिशत रकम हेमजा युनाइटेड एकेडेमी सञ्चालानार्थ खर्च गरिनेछ ।

युनाईटेडले गोल्डकपलाई निरन्तरता दिने, खेल मैदानमा प्याराफिट निर्माणमा थप पहल गर्ने, गौरीशंकर खेलमैदानलाई प्रादेशिक खेलमैदान बनाउन पहल गर्ने तथा एकेडेमी संचालनलाई निरन्तता दिने पनि उल्लेख गरेको छ ।

बिहीबार बसेको भेलाले वडाको पहलमा गोल्डकपबारे शीध्र आम भेला बोलाउने, मिलनचोकमा सम्पर्क कार्यालय स्थापना गरी कार्यालय सचिव राख्ने, जतिसक्दो चाँडो सम्बन्धीत निकायमा गोल्डकपको प्रस्तावना पुर्‍याउने लगायतका निर्णय पनि गरेको छ ।

क्लव अध्यक्ष राजेश त्रिपाठीको अध्यक्षतामा भएको भेलाको संचालन सचिव सुनिल गायकले गरे ।

Related News

सम्बन्धित समाचार

  • युनिप्स खेल महोत्सव उद्घाटन आज

    आदर्श समाज सम्वाददाता मंसिर १४, २०८०
    पोखरा । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा पाँचौं युनिप्स खेल महोत्सव अन्तर्गत बुधबार फुटबल, कबड्डी, खोखोका…
  • आइटिएफ जे–३० टेनिस जारी

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    पोखरा । कास्की जिल्ला टेनिस संघ आयोजनामा पोखरा रंगशालामा जारी आइटिएफ जे–३० टेनिस प्रतियोगितामा मंगलबार पुरुष तथा महिलातर्फ विभिन्न खेल…
  • युनिप्स खेल महोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था (युनिप्स) नेपालको आयोजनामा पोखरामा सोमबार पाँचौ युनिप्स खेल महोत्सव सुरु भएको छ…
  • पोखरामा आइटिएफ जे–३० टेनिस सुरु

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०८०
    पोखरा । कास्की जिल्ला टेनिस संघ आयोजनामा सोमबारदेखि यहाँ आइटीएफ जे–३० टेनिस प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालामा २…
  • हिसान स्पोर्टस् मिटमा ८ हजार विद्यार्थी

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०८०
    पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), कास्की आयोजनामा १४ मंसिरदेखि १६ औं हिसान स्पोर्टस् मिट हुँदैछ…

hero news full width