पोखरा । डागर स्मृति पुरस्कारबाट युवा वैज्ञानिक मनीषा द्वालाई पुरस्कृत भएकी छिन् । डागर स्मृति प्रतिष्ठान नेपालले आठौं वार्षिक साधारण सभाको अवसरमा उनलाई १० हजार ५ सय नगदसहित सम्मानपत्र गरेको हो । यस्तै, डागर स्मृति संरक्षक सम्मानबाट समाजसेवी तथा व्यवसायी प्रेमचन्द उपाध्याय सम्मानित भए ।
उनीहरुलाई गण्डकी मेडिकल कलेजका मेडिकल सुपरिटेन्डेन्ट प्राडा टुमाया घले, साहित्यकार सरुभक्त, पुरस्कार संस्थापक रमा पराशर र संस्थापक अध्यक्ष हिरादेवी बास्तोलाले संयुक्त रूपमा पुरस्कार तथा सम्मान अर्पण गरे ।
कार्यक्रममा प्राडा टुमाया घलेले एउटी नारीको साहसले अर्की नारी पुरस्कृत हुनु गौरवको कुरा भएको बताइन् । उनले प्रतिष्ठान सामाजिक सेवामूलक गतिविधिमा क्रियाशील रहेकाले प्रतिष्ठानले कुनै स्वास्थ्यसम्बन्धी गतिविधि सञ्चालन गरेमा गण्डकी मेडिकल कलेजकातर्फबाट निशुल्क सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाइन् ।
साहित्यकार सरुभक्तले सत्यको अन्वेषणमा लागेकी खगोल विज्ञानकी प्रतिभाको योगदानलाई पुरस्कृत गरेर प्रतिष्ठानले सराहनीय कार्य गरेको बताए । साथै, उनले प्रतिष्ठानकी संस्थापक रमा पराशरलाई पोखरेली साहित्यमा हिन्दी साहित्य प्रवेश गराउने पोखरेली चेलीका रूपमा पनि चिनाए ।
युवा वैज्ञानिक मनीषा द्वा पुरस्कृत तथा समाजसेवी तथा व्यवसायी प्रेमचन्द उपाध्याय सम्मानित भएका हुन्
कास्कीको भद्रकालीकी मनीषा नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोकी उपप्रबन्धक हुन् । उनी नासोद्वारा सञ्चालित महिला विज्ञान पुरस्कारकी संस्थापक र परियोजना संयोजकसमेत रहेकी छन् । समाजसेवी उपाध्याय पोखराको ब्राण्ड बनेको न्यू मारवाडी सेवा भोजनालयका संस्थापक हुन् ।
सो अवसरमा पूर्व सम्मानित स्रष्टा भीम रानाभाटलगायतले पुरस्कारबाट समाजसेवी विश्वमोहन गौचन, हरिश्चन्द्र शर्मा, सोनाम साङ्पो, रामबहादुर पौडेल, गोविन्दराज पहारी, साहित्यकार आरएम डंगोल, सुमल गुरुङ, मानव सेवा आश्रम, हिमाली सांस्कृतिक परिवार, स्वास्थ्यसेवी डा.तुलिका दुवे, राष्ट्रसेवक चन्द्रा गुरुङ पुरस्कृत भइसकेको अवस्थामा आफूलाई प्राप्त पुरस्कारको प्रेरणाले लेखनका हरेक पल प्रतिष्ठानको स्मरण हुँदै आएको बताए ।
कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेसनल ३२५ जेका पूर्व गभर्नर योगेन्द्र प्रधान, लायन्स क्लब अफ पोखरा समर्पण अध्यक्ष शर्मिला श्रेष्ठ, कलम साकोसका अध्यक्ष अर्जुन पोखरेल, पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्की अध्यक्ष कवीन्द्र पोखरेलले डागर र रमा पराशरको जीवनकथा तथा व्यक्तित्वमाथि प्रकाश पार्दै पराशर परिवारको सत्कर्म नै आफ्नो संगतमा रहेका सम्पूर्ण पोखरेलीका लागि प्रेरणाको स्रोत बनेको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा प्रतिष्ठानका परिकल्पनाकार दीपेन्द्र श्रेष्ठले संस्था तथा स्रष्टा परिचय राखेका थिए । कार्यक्रममा प्रतिष्ठान सहसचिव फडिन्द्र अकिञ्चन, सचिव असफल गौतम, कोषाध्यक्ष पुष्पकुमारी आचार्यलगायत बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
पर्वतीय दिवसमा पर्वतीय महोत्सव
आदर्शको रक्तदानमा ७४ युनिट रगत संकलन
गंगाधर पराजुली जिल्ला सदस्यबाट पदमुक्त, सभापतिले नेतृत्व दिन नसकेको पराजुलीको आरोप
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति
पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०