निवन्धमा सत्यवती प्रथम

आदर्श समाज सम्वाददाता
असाेज ५, २०८०
nibandha

दमौली । तनहुँको व्यास नगरपालिकाले संविधान दिवसको अवसरमा आयोजना गरेको अन्तर विद्यालय स्तरीय निवन्ध लेखन प्रतियोगिताको पुरस्कार वितरण गरेको छ । विहिबार नगरपालिकाको हलमा कार्यक्रम आयोजना गरी विजेतालाई पुरस्कार वितरण गरेको हो ।

प्रतियोगितामा प्रथम हुने सत्यवती माध्यमिक विद्यालयका विपिन श्रेष्ठलाई नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । द्वितीय हुने सत्यवती माध्यमिक विद्यालयकै सचिन श्रेष्ठलाई ४ हजारसहित प्रमाण पत्र र तृतीय हुने जनजुक्त शाही माध्यमिक विद्यालयकी सन्जिता परियारलाई ३ हजार नगदसहित प्रमाण पत्र प्रदान गरिएको छ ।

विजेतालाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नगरप्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले पुरस्कार प्रदान गरे । जिल्ला समन्वय समिति तनहुँका प्रमुख वाग्लले संविधान कार्यान्वयनमा सबैले आ आफनो ठाँउबाट सहयोग गर्नुपर्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षा शाखाका निमित्त प्रमुख नविन पराजुलीले सञ्चालन गरेका थिए भने शिक्षा विकास तथा समन्वय इकाई तनहँुका प्रमुख उद्धवरज जमरकटेलले स्वागत मन्तव्य राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width