पोखरा । गणेशमान सिंह फाउन्डेसन कास्कीको आयोजनामा मंगलबार सिंहको २६ औं स्मृति दिवस मनाइएको छ । त्यस अवसरमा प्रवचन कार्यक्रम गरियो । कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री भिस्मराज आङदाम्बेले स्व: सिंहबाट नेपाली राजनीतिले इमानको पाठ सिक्नुपर्ने औंल्याउँदै राजनीति निष्ठापूर्वक गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल, प्रजातन्त्र सेनानी कृष्णबहादुर कुँवर, पूर्व जिल्ला सभापति सोभियतबहादुर अधिकारी, संविधान सभासद् शारदा पौडेल लगायतले पनि धारणा राखे ।
उनीहरुले गणेशमानको राजनीतिक जीवनी, त्याग, नेतृत्व क्षमता, कार्यकर्ता प्रतिको विश्वास, निडर पन लगायतका बारेमा प्रकाश पार्दै प्रजा परिषद्देखि २०४६ को जनआन्दोलनसम्मको प्रजातान्त्रीक आन्दोलनमा सिंहको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।
त्यस अवसरमा प्रजातन्त्र सेनानी, अग्रज नेता, कार्यकर्ता, प्रदेश, जिल्ला, क्षेत्र, महानगर, गापाका पदाधिकारी एवम् सदस्य, भातृसंस्थाका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि लगायतको सहभागिता रह्यो ।
कार्यक्रमका बीच हालै नेविसंघको केन्द्रीय सदस्य छनोट भएका कास्कीका विद्यार्थी नेतालाई सम्मान गर्दै बधाई समेत दिइयो ।
फाउन्डेसनका सचिव मुक्तिराम अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सदस्य दुर्गाप्रसाद तिमिल्सिनाले स्वागत तथा फाउन्डेसनका सल्लाहकार दीपकराज पौडेलले कार्यक्रम सञचालन गरे ।
Related News
सम्बन्धित समाचार
पर्वतीय दिवसमा पर्वतीय महोत्सव
आदर्शको रक्तदानमा ७४ युनिट रगत संकलन
गंगाधर पराजुली जिल्ला सदस्यबाट पदमुक्त, सभापतिले नेतृत्व दिन नसकेको पराजुलीको आरोप
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति
पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०