राधा–लक्ष्मी स्मृति पुरस्कार चतुरमानलाई

आदर्श समाज सम्वाददाता
असाेज ५, २०८०
Chaturman Shrestha

पोखरा । राधा–लक्ष्मी स्मृति पुरस्कार शिक्षासेवी चतुरमान श्रेष्ठलाई अर्पण गरिने भएको छ ।

साहित्यिक, शैक्षिक, सामाजिक एवं आध्यात्मिक व्यक्तित्व लक्ष्मीशरण उपाध्याय र सहधर्मिणी राधा पौडेलको स्मृतिमा परिवारद्वारा स्थापित पुरस्कार हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित छ । पुरस्कारको राशि ११ हजार १ सय ११ नगदसहित सम्मानपत्र र दोसल्ला छ ।

प्रतिष्ठानले कास्कीको बाटुलेचौरमा जन्मेर २०१७ सालदेखि २०५४ सालसम्म अध्यापन गरी शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो । प्रतिभा छनौट उपसमितिको सिफारिसलाई प्रतिष्ठानको बैठकले सर्वसम्मत पारित गरेको हो ।

लक्ष्मीशरण उपाध्याय र राधा पौडेलको स्मृतिमा पुत्रद्वय केशवशरण पौडेल र माधवशरण पौडेल परिवारद्वारा स्थापित कोषको व्याजबाट हरेक वर्ष उक्त पुरस्कार अर्पण गरिँदै आइएको छ । यसअघि उक्त पुरस्कारबाट छन्दकवि माधव वियोगी पुरस्कृत भइसकेका छन् ।

पुरस्कार असोज ८ मा पोखरामा एक समारोहबीच अर्पण गरिने प्रतिष्ठान अध्यक्ष बलराम पौडेलले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width