पोखरा । प्रदेशभित्र रहेका संरक्षण क्षेत्रको व्यवस्थापन जिम्मा प्रदेश सरकारको हुने गरी विधेयक पास गरिएको छ । गण्डकीमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) सञ्चालित छ । अहिलेसम्म दुवै क्षेत्रका सबै राजस्व संघ सरकारमा जम्मा हुन्छ । यसको सञ्चालन र व्यवस्थापन समेत संघ सरकार मातहतका निकायले गर्दै आएका छन् तर, लामो समयदेखि दुवै आयोजना स्थानीयलाई हस्तान्तरण गर्नुपर्ने बहस चलेको छ । हाल दुवै आयोजना नवीकरण बिना चलिरहेका छन् । विधेयकको उत्पत्तिका समयमा संरक्षण क्षेत्रसम्बन्धी कुनै व्यवस्था गरिएको थिएन । सरोकारवालासँग छलफलका क्रममा संरक्षण क्षेत्र प्रदेश मातहत हुनुपर्ने आवाज उठेपछि कानुनमा व्यवस्था गरिएको हो । तर संघ सरकारले अहिलेसम्म संरक्षित क्षेत्र हस्तान्तरण गरेको छैन । संरक्षण क्षेत्रको प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी र पर्यटन शुल्क संकलन, नियमन तथा हस्तान्तरण लगायत व्यवस्था प्रदेशले नियमावली बनाएर व्यवस्थित गर्ने विधेयकले बोलेको छ ।
अर्थ तथा विकास समितिले पेस गरेको संशोधनसहितको वन विधेयक प्रदेश सभा बैठकबाट बहुमतले पारित भएको छ । बिहीबारको बैठकमा संशोधित विधेयक पास गरिएको हो । विशेषगरी राजस्व बाँडफाँटमा संशोधन गरिएको छ । अब साझेदारी वनको वन पैदावार उपयोग तथा बिक्री वितरण गरे वापत उपभोक्ता समूहलाई ६० प्रतिशत, प्रदेश सरकारलाई ३० प्रतिशत र स्थानीय सरकारलाई १० प्रतिशत भाग लगाइने छ । यसअघि विधेयकको उत्पति हुँदा समूहलाई ५० प्रतिशत र बाँकी ५० प्रतिशत प्रदेश सरकारलाई भाग लगाउने उल्लेख थियो । दफावार छलफलमा स्थानीय सरकारले पनि हिस्सा खोजेपछि १० प्रतिशत भाग लगाउन समितिले सिफारिस गरेको थियो । यस्तै, कबुलियती वनमा भने जिम्मा दिएको ५ वर्षपछि कुनै रुखहरु सुकेमा वा ढलेमा वा मरेमा उक्त रुखबाट उत्पादन हुने काठ, दाउरा बिक्री वितरण गर्दा प्राप्त रकमको ६० प्रतिशत वन समूहलाई, ३० प्रतिशत प्रदेश सरकारलाई र बाँकी १० प्रतिशत स्थानीय तहले पाउने छ । विधेयकको उत्पतिका क्रममा दुवै पक्षलाई ५० प्रतिशतका दरले राजश्व हिस्सा तोकिएको थियो ।
साझेदारी वनको वन पैदावार उपयोग तथा बिक्री वितरण गरे वापत उपभोक्ता समूहलाई ६०, प्रदेशलाई ३० र स्थानीय सरकारलाई १० % भाग लगाइने
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले अर्थ तथा विकास समितिको १३ बुँदे प्रतिवेदनसहितको विधेयक निर्णयार्थ पेस गरेका हुन् । उनले नेपालका वनमा काठ कुहिएर जाने तर विदेशबाट अर्बाैका काठ आयात गर्नुपर्ने बाध्यता अब हट्ने दाबी गरे । ‘हाम्रा वनमा काठ कुहिएर जाने, बजारमा मलेसियन काठ ल्याउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘यसलाई कम गर्दै वनलाई उत्पादन र रोजगारीसँग जोड्ने गरी यो ऐन ल्याइएको हो ।’ विधेयकले ढलाबढा रुखका काठ काट्न र निजी वनको उपयोगलाई सरलीकृत गरेको छ । वन पैदावार वडा र पालिकाभित्र उपयोगका लागि पालिकाको सिफारिस आधारमा र बाहिर लैजानुपर्दा वन कार्यालयको सिफारिसको व्यवस्था गरिएको छ ।
विधेयकमा छलफल गर्दै सांसद अशोककुमार श्रेष्ठले वन ऐन प्रगतिशील भएको भन्दै प्रदेशका नागरिकले राहत पाउने बताए । उनले रोजगारी र उत्पादकत्व बृद्धिका लागि ऐन जारी भएपछि सहज हुने बताए । अर्की सांसद सीताकुमारी सुन्दासले जनचाहना अनुसार नै विधेयक आएको बताइन् । उनले स्थानीय सरकारलाई बलियो बनाउने गरी ऐनमा व्यवस्था गरिएको सुनाइन् । कुुसुम बुढाले वनको उपयोगबाट लक्षित वर्गको जीवनमा परिवर्तन आउनुपर्नेमा जोड दिएकी छिन् । विन्दु पौडेलले आफ्ना अधिकार कुण्ठित हुन्छ कि भन्ने स्थानीय तहमा आशंका रहेको भन्दै प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताइन् । साउन २४ गते प्रदेश सरकारले प्रदेश सभा सचिवालयमा विधेयक दर्ता गरेको थियो । साउन ३० गतेको संसद बैठकमा टेबुल भएर भोलिपल्टै दफाबार छलफलका लागि अर्थ तथा विकास समितिमा पठाइएको हो । समितिले संशोधनका बुँदासहित विधेयक संसदमा फिर्ता गरेको थियो ।
आमसञ्चार र बिउ बिजन विधेयकमाथि छलफल
बैठकमा आमसञ्चार विधेयक र बिउ बिजनसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । प्रदेश सरकारले सञ्चार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन आमसञ्चार विधेयक ल्याएको हो । यस्तै, प्रदेशमा बिउ, बिजन, उत्पादन, प्रशोधन तथा परीक्षण गरी गुणस्तरीय बिउको उपलब्धतामार्फत उत्पादत्व र उत्पादन वृद्धि गर्ने उद्देश्यले बिउबिजन विधेयक ल्याइएको जनाएको छ । कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले बिउ बिजनसम्बन्धी विधेयकले गण्डकीमा कृषि क्षेत्रलाई व्यवस्थित बनाउन र बिज बिजन उत्पादन, कारोवार र बजारीकरणमा सहयोग पुग्ने बताए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको तर्फबाट उनैले आमसञ्चार विधेयक पनि छलफलका लागि प्रस्ताव गरेका थिए । दुबै विधेयक यही अधिवेशनमा पारित गर्ने सरकारको तयारी छ ।
Related News
सम्बन्धित समाचार
ॐ कैलाश शिवढुंगा शिवशक्ति महापीठधामले स्मारिका प्रकाशन गर्ने
मैनादीमा पहिलोपल्ट सुन्तला महोत्सवले किसान उत्साहित
प्राडा कुसुमाकरलाई तुलसीमान श्रेष्ठ स्मृति लोकसाहित्य सम्मान
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
hero news full width
मुख्य समाचार
राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
मंसिर १४, २०८०गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०