पोखरा । प्रेस काउन्सिल नेपालले यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार निर्मला शर्मालाई प्रदान गरेको छ । १ लाख ५१ हजार रुपैयाँ पुरस्कार राशि रहेको यो पुरस्कार प्राप्त गर्ने शर्मा पहिलो महिला हुन् ।
३ दशकदेखि पत्रकारितामा क्रियाशील शर्मा कास्कीको लेखनाथकी हुन् । गत वर्ष यो पुरस्कार हरिबहादुर थापाले पाएका थिए ।
यस्तै प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पुरस्कार खोटाङका पत्रकार दमन राईलाई प्रदान गरिने भएको छ। यो पुरस्कारको राशि १ लाख १० हजार रुपैयाँ छ ।
काउन्सिलले अग्रज पत्रकारहरूलाई सम्मान गर्ने घोषणा गरेको छ । पोखराका रमेश पौडेललाई ‘वरिष्ठ पत्रकार’ रूपमा सम्मान गरिने छ । यस्तै सम्मानित हुने अग्रज पत्रकारमा काठमाडौंका विजय चालिसे, कुलचन्द्र वाग्ले, गगन विष्ट, राजन कार्की, राजु सिलवाल, रमेश तुफान, रवीन्द्र घिमिरे, केदार भट्टराई, कृष्ण अधिकारी, भक्तपुरका धमेन्द्र झा, बाँकेका नरेन्द्रजंग पिटर, कैलालीका मनमोहन स्वाँर, सुर्खेतका मोती पौडेल, दाङका उदय जिएम र सुनसरीका राजकुमार कार्की पनि छन् ।
प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार काठमाडौंका सागर पण्डित र चूडामणि भट्टराई सम्मानित हुने भएका छन् । आचारसंहिता पुरस्कार चेष्टा साप्ताहिक काभ्रे, रामणि दाहाल मकवानपुर, माधवसिंह धामी कञ्चनपुर छन् ।
क्रियाशील पुरस्कार विमल ज्ञवाली काठमाडौं, जीवन भण्डारी काठमाडौं, शंकर रोका सिन्धुपाल्चोक, श्यामदत्त भट्ट कञ्चनपुर, रामकला खड्का भक्तपुर, ताराचन्द्र देवकोटा सिन्धुली, भीष्मराज ओझा काठमाडौं, माधव बस्ने काठमाडौं, रामकृष्ण अधिकारी काठमाडौं, चाँदनी आचार्य कैलाली, दामोदर न्यौपाने काठमाडौं, मणिराज (मोहन) बास्तोला झापा, रमेश गिरी भक्तपुर, रमेश शाही सुर्खेत, प्रेमकुमार आचार्य झापा र वीरेन्द्र रमण महोत्तरीलाई दिइएको छ ।
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार पाण्डव शर्मा दाङ, मीन ठकुरी कैलाली, वीरेन्द्र केसी अर्घाखाँची, सञ्जीव घिमिरे भक्तपुर, कृष्ण ओली बाजुरा, दीपा रेग्मी काठमाडौं, मदन कोइराला काठमाडौं, युवराज खड्का पर्सा, नरेन्द्रसिंह कार्की दार्चुला, अमृतप्रसाद पौडेल म्याग्दी, विनोदकुमार मल्ल मुगु, भानुभक्त निरौला सोलुखुम्बु, हरि भण्डारी प्यूठानलाई दिइएको छ । साथै, विजय रावत जुम्ला, जगदीश्वर पाण्डे काठमाडौं, राजु लामिछाने रुकुमपश्चिम, इन्द्रविवश डिसी दाङ, ओमकार आचार्य तनहुँलाई पनि प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार दिइएको छ ।
प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार प्राप्त गर्ने कास्कीकी तारा चापागाईं, स्याङ्जाकी भवानी अधिकारी, काठमाडौंकी पवित्रा सुनार, सिन्धुपाल्चोककी दुर्गा आचार्य, काठमाडौंकी रुपा घिमिरे र गुल्मीकी गगनशीला खड्का छन् ।
समावेशी पत्रकारिता पुरस्कार सन्तोष सिंह महोत्तरी, मनकुमार गदाल झापा, शर्मिला बुढाथोकी दोलखा, रितेश त्रिपाठी पर्सा, रजनी योगी सुर्खेत, विनोद परियार रुपन्देही र फिरोज सिद्धिकी सिराहालाई दिइयो ।
विधागत पत्रकारिता पुरस्कार २ जनालाई प्रदान गरिएको छ । जसमा क्यामरापर्सन केशव थोकर र कला/रंगमञ्चबाट नेमिश गौतम छन् । प्रेस काउन्सिलको साहित्यिक विधातर्पmको पुरस्कार हिमाल गुराँस, द्वैमासिक (खिमानन्द पोखरेल) काठमाडौं तथा भाषागत पत्रकारिता पुरस्कार धनुषाका रामभरोष काँपडी प्रकाशक तथा सम्पादक रहेको आँजुर द्वैमासिक (मैथली भाषा) ले पाएको छ ।
काउन्सिलले कार्यालयतर्फ उत्कृष्ट कर्मचारी तथा दीर्घसेवा पदक सहित सबै पुरस्कार शनिबार स्थापना दिवस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा वितरण गर्ने जनाएको छ ।
Related News
सम्बन्धित समाचार
प्राडा कुसुमाकरलाई तुलसीमान श्रेष्ठ स्मृति लोकसाहित्य सम्मान
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
पाल्पाली सहकारी र मणिपालबीच सम्झौता
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०