गैराथर सिल्पा सडकको उद्घाटन

आदर्श समाज सम्वाददाता
असाेज ४, २०८०
pokhara 28 bato (1)

पोखरा । पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले जनताले प्रत्यक्ष अनुभूत हुनेखालको विकास निर्माणको काम गर्न चाहेको बताएका छन् ।

कालिकामा निर्माण भएको गैराथर सिल्पा सडकको उद्घाटन उनले महानगरपालिका भए पनि पोखरा २८ को अधिकांश भाग विकट रहेकोले ग्रामीण क्षेत्रको विकासको मूल आधार भनेकै सडक सञ्जाल भएको संकेत गर्दै हरेक विकास निर्माणमा स्थानीयले चासो दिनुपर्ने बताए । लामिछानेले पोखरा २८ को ऐतिहासिकता बुझ्न नयाँ पुस्तालाई आग्रह गर्दै पोखरा २८ मा कृषि र पर्यटनको प्रचूर सम्भावना भएको बताउँदै यसमा राज्यले पनि विशेष चासो दिनुपर्ने बताए ।

वडा सदस्य डाल्डादेवी भुजेलले सामाजिक काम गर्न निकै गाह्रो रहेको बताउँदै यसमा सबै आ–आफ्नो ठाउँबाट सयोग गर्न आग्रह गरिन् । वडा सदस्य वीरेन्द्र भण्डारीले पोखरा २८ को विकासमा गैराथर सिल्पा सडकले विशेष महत्व राख्ने बताए । सडक निर्माण अनुगमन समिति संयोजक विश्वरमण अधिकारीले बाटो निर्माणमा सयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए ।

गैराथर सिल्पा सडक निर्माण समिति अध्यक्ष बालाकृष्ण त्रिपाठीले सरोकारवालाको सहयोगबाट बाटो निर्माण सम्पन्न गरिएको भन्दै सडक स्तरोन्नति गरी बाहै्र महिना सञ्चालन हुने कुरामा ढुक्क रहेको बताए । निर्माण समिति सचिव विष्णु सुवेदीले सञ्चालन गरेको कार्यक्रममा वडा का विभिन योजनाका समितिहरु समेत गठन गरिएको थियो ।

करिब २ सय ३ मिटर लम्बाइ ढलान गरिएको सो सडक पोखरा महानगरपालिकाबाट विनियोजित २० लाख, उपभोक्ता समितिबाट २ लाख ४४ हजार गरी २२ लाख ४४ हजारमा निर्माण भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग