पोखरा । नेलम्बो नेपालले पोखरा–१२, ढिकालेथरस्थित सरस्वती आधारभूत विद्यालयमा निशुल्क दन्त शिविर गरेको छ । शिविरमा शिक्षक, विद्यार्थी गरी २ सय ४ जना लाभान्वित भए ।
संस्थाका अध्यक्ष एकदेव देवकोटाले संस्थाले गाडीमा अत्यधिक सुविधासम्पन्न उपकरण जडान गरी लक्षित समुदायलाई निशुल्क दन्त चिकित्सा सेवा प्रदान गर्दै आएको बताए ।उनले दाँतको परीक्षण तथा एक्सरे, दाँत भर्ने, दाँतको जरैदेखि उपचार, दाँत निकाल्ने, गिँजाको उपचार लगायतका सेवा लिन सहभागीसमक्ष आग्रह गरे । शिविरमा ३४ जनाको दाँतको एक्सरे, ३४ जनाको दाँत सफा र १ सय जनाको दाँत भरियो भने १ जनाको जरैदेखि उपचार भयो । यस्तै, ५१ जनाको दाँत निकालिएको नेलम्बोका कार्यक्रम संयोजक भीमप्रसाद भण्डारीले बताए ।
सो कार्यक्रममा लायन्स क्लब अफ पोखरा सहयात्री तथा लायन्स क्लब अफ पोखरा समर्पणले शिविरको व्यवस्थापकीय पक्षमा सहयोग गरेका थिए ।
प्रअ रुद्रबहादुर रानाभाटले अधिकांश दैनिक ज्याला मज्दुरी गर्ने अभिभावकका बालबच्चाहरु विद्यालयमा अध्ययन गर्ने स्पष्ट पार्दै उनीहरुका लागि शिविर फलदायी बनेको धारणा राखे ।
कार्यक्रम संयोजक खड्गसिंह गुरुङले अन्य शिविरको तुलनामा दन्त शिविर पृथक रहेको बताए । लायन्स पोखरा समर्पणका शर्मिला श्रेष्ठ, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ, हर्क गुरुङ लगायतले शिविर महत्वपूर्ण बनेको औँल्याउँदै शिविरमै उपचार पाएकाले सेवाग्राही खुसी भएका थिए ।
Related News
सम्बन्धित समाचार
पर्वतीय दिवसमा पर्वतीय महोत्सव
आदर्शको रक्तदानमा ७४ युनिट रगत संकलन
गंगाधर पराजुली जिल्ला सदस्यबाट पदमुक्त, सभापतिले नेतृत्व दिन नसकेको पराजुलीको आरोप
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति
पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०