पोखरा । पोखरा ३ नदीपुरस्थित जीविका बचत तथा ऋण सहकारीको १२ औं वार्षिक साधारण सभा भएको छ ।
जिल्ला सहकारी संघ कास्की अध्यक्ष सावित्रा कोइरालाले सभाको उद्घाटन गर्दै सहकारीहरु विद्यमान नियमअनुसार चले कुनै समस्या नआउने बताइन् । उनले दुईचार वटा सहकारीमा समस्या आएको कुरालाई सबैसँग जोडेर हेर्न हुँदैन भनिन् । उनले समय–समयमा सहकारीले आफ्ना सेयर सदस्यका लागि उपलब्धिमूलक तालिम व्यवस्था गर्न सुझाव दिइन् ।
संस्थाका कावा अध्यक्ष महावीर थापाले छरिएर रहेको पुँजी एकीकृत गरी आर्थिक रुपमा सबल, सक्षम, आत्मनिर्भर र स्वावलम्बी बनाउने उद्देश्यले संस्था अगाडि बढेको बताए ।
कार्यक्रममा सेयर सदस्य शारदा पौडेल, उमेशराज पराजुली लगायतले शुभकामना व्यक्त गर्दै सहकारीमा आवद्ध सदस्यको आयस्तर बढाउने काममा सहकारीले ध्यान दिनुपर्ने सुझाव दिए । सो अवसरमा संस्थाका प्रवन्धक बासुदेव पौडेललाई विशेष उत्कृष्ट कर्मचारी सम्मान गरियो । २ सेयर सदस्य शुलोचना बास्तोला र मीनबहादुर श्रेष्ठ उत्कृष्ट उद्यमीको रुपमा सम्मानित भए । सेयर सदस्यका छोराछोरीमध्ये विभिन्न तहको अध्ययन पूरा गरेका ९ जनालाई सम्मान गरियो । संस्थाका कावा अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य कृष्णबहादुर तामाङ र सञ्चालन सचिव लेखबहादुर प्रधानले गरेका थिए । धन्यवाद सदस्य कुलदेवी पराजुलीले दिइन् ।
संस्थाले पोखराका १३ वटा वडा आफ्नो कार्य क्षेत्र बनाई सेवा दिँदै आएको छ । २६ सुरु यो सहकारीमा गएको असार मसान्तसम्म ६ सय ९५ जना सेयर सदस्य पुगेका छन् । तीमध्ये ४ सय ४ महिला छन् । संस्थाको सेयर पुँजी ३ करोड ६८ लाख छ ।
Related News
सम्बन्धित समाचार
पर्वतीय दिवसमा पर्वतीय महोत्सव
आदर्शको रक्तदानमा ७४ युनिट रगत संकलन
गंगाधर पराजुली जिल्ला सदस्यबाट पदमुक्त, सभापतिले नेतृत्व दिन नसकेको पराजुलीको आरोप
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति
पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०