पोखरा । ढिकुरपोखरीमा भएको आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको उपाधि केआइइसी वुन एफसीले चुमेको छ ।
बुधबार फाइनलमा हेमजा युनाइटेडलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पछि उपाधिसहित ३ लाख ३ सय साथमा सिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता हेमजा युनाइटेडलले १ लाख ७० हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र पायो ।
प्रतियोगितामा वुनका सन्दीप क्षत्री उत्कृष्ट खेलाडी, हेमजा युनाइटेडका ग्लोरी सर्वाधिक गोलकर्ता (५ गोल), मालेपाटन एफसी अनुशासित टिम साथै वुनका सन्दीप क्षत्री म्यान अफ दि म्याच बन्न सफल भए । मौषम प्रतिकूलताका कारण मंगलबारको खेल बुधबारका लागि सरेको थियो ।
त्यस्तै, महिला फुटबलको उपाधि आयोजक ढिकुरपोखरी युवा सञ्जालले जितेको छ । मंगलबार फाइनलमा वारिस्टा एफसीलाई ट्राइबेकरमा ४–१ गोलअन्तरले पछि पार्दै आयोजक समूहले ३३ हजार ३ सय ३३ हात पारेको छ । उपविजेता वासिस्टाले १७ हजार ७ सय ७७ मा चित्त बुझाएको छ ।
विजेताले ३ लाख साथमा सिल्ड, मेडल र प्रमाणपत्र जितेको छ
मेलालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल क्षेत्रको विकासमा प्रदेश सरकार चनाखो रहेको स्पष्ट पार्दै सीमित स्रोतसाधनबीच कार्य गर्नुपर्दा अपेक्षाकृत सफलता हासिल हुन नसकेको बताए । उनले ढिकुरपोखरी युवा सञ्जालका गतिविधिको प्रशंसा गर्दै खेल क्षेत्रमै भविष्य देख्न खेलाडीसमक्ष आग्रह गरे ।
अन्नपूर्णको विकासमा आफू सधैँ सकारात्मक रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले मुक्तिमार्गलाई बहुवर्षे योजनामा समेट्ने प्रतिबद्धता समेत जनाए ।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले सबै मिली संस्कृतिको जगेर्ना गर्नुपर्ने औंल्याउँदै खेल मैदान स्तरोन्नतिमा प्रदेश सरकारको ध्यानाकर्षण गराए । उनले पालिकास्थित ग्रामीण सडक सुधारमा पनि प्रदेशले ध्यान दिनुपर्ने बताउँदै सञ्जालले ऐतिहासिक कार्यक्रम गरेकोमा खुसी समेत व्यक्त गरे ।
मेलाअन्तर्गत छपाई समिति संयोजक विकास गुरुङले अन्नपूर्णमा वैकल्पिक खेलमैदान निर्माणमा प्रदेश तथा स्थानीय तहले साथ दिनुपर्ने धारणा राखे ।
आयोजक समूह तथा गाउँपालिकाबीच मैत्रीपूर्ण फुटबलमा आयोजक समूहले जीत निकाल्यो । रस्साकस्सी तथा ठेलो हान्ने प्रतियोगिता पनि भए । मेला संयोजक वीरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रम मेला आयोजक समिति सचिव दिलबहादुर जिसीले सञ्चालन गरे ।
Related News
सम्बन्धित समाचार
पर्वतीय दिवसमा पर्वतीय महोत्सव
आदर्शको रक्तदानमा ७४ युनिट रगत संकलन
गंगाधर पराजुली जिल्ला सदस्यबाट पदमुक्त, सभापतिले नेतृत्व दिन नसकेको पराजुलीको आरोप
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति
पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०