पोखरा । प्रवासी नेपाली संघ भारत तमिलनाडु पाण्डीचेरि संयुक्त राज्य समितिअन्तर्गत प्रगतिशील महिला समितिले तीज अवसरमा चेन्नईका प्रवासी नेपाली महिलाबीच तीज मिलन कार्यक्रम गरेको छ ।
राज्य महिला विभाग अध्यक्ष पदमा केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राज्य महिला सचिव मीना गौतमले गरिन् ।
प्रवासी नेपाली संघ भारतका केन्द्रीय उपसचिव कृष्ण पोख्रेलले जे–जस्तो अवस्थामा रहे पनि हाम्रो मौलिक परम्परा प्रवासमा आयोजना गरिएकोमा आयोजक कमिटीलाई धन्यवाद दिए । पछिल्लो समयमा तीज भड्किलो बन्दै गएको र यसको मौलिकतालाई जगाइराख्नु पर्नेमा उनको जोड थियो ।
प्रवासी नेपाली संघ भारत राज्य समिति अध्यक्ष महेन्द्र शर्माले तीज किन र कसरी मनाइयो भन्ने विषयमा स्पष्ट पारी यसको अर्थ र महत्वको चर्चा गरेका थिए । उनले मध्यकालबाट सुरु भएाके तीज पर्व बर्सामास खेतीको काम सकेर थकित भएका र महिलाहरूलाई माइत लगि मिठो र पोसिलो खाना खुवाइ निराहार व्रत बस्ने चलन रहेको भन्दै अब निराहार व्रत बस्नैपर्ने कतै नलेखेको र यो महिलाहरूको मात्र नभइ समस्त नेपालीको चाडपर्व भएको बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य सचिवालय सदस्य सिमा निउरे, केन्द्रीय सदस्य सचिव इन्द्र पौडेल, लीलादेवी पौडेल, सबै राज्य पदाधिकारीसहित अखिल भारत नेपाली जनसम्पर्क समिति निवर्तमान केन्द्रीय सचिव चन्द्रकान्त आचार्य, अखिल भारत नेपाली एकता समाज राज्य सचिव चन्द्र महराको पनि उपस्थिति थियो ।
प्रगतिशील तीज गीत, नाट्यकला सहित मौलिक तीज गीतसहित नृत्य प्रस्तुति गरिएको कार्यक्रममा सहभागीले नाचगान र भोजमा सरिक हुन पाउँदा नेपालमै भएको जस्तो अनुभूति व्यक्त गरेका थिए । भारतको चेन्नईका विभिन्न स्थान रहेका विभिन्न जातजाति र समुदायको कार्यक्रममा उल्लेख्य उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
पर्वतीय दिवसमा पर्वतीय महोत्सव
आदर्शको रक्तदानमा ७४ युनिट रगत संकलन
गंगाधर पराजुली जिल्ला सदस्यबाट पदमुक्त, सभापतिले नेतृत्व दिन नसकेको पराजुलीको आरोप
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति
पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०