पोखरा ३ असोज । पोखरा १४ मा एकै पटक १७ चौतारीको मर्मत सम्भार गरिएको छ । वडा कार्यालयबाट विनियोजित २२ लाख रुपैयाँ लागतमा चौतारी मर्मत गरिएको हो ।
संविधान दिवस अवसरमा बुधबार वडाध्यक्ष बोधबहादुर कार्कीले १७ चौतारीको उद्घाटन गरे । उनले वडामा भएको यो कार्य अन्य वडाको तुलनामा पृथक हो भने । वडाध्यक्ष कार्कीले वडा भित्रका अन्य चौतारीहरु पनि यसै वर्ष पुनर्निर्माण गरिने जानकारी दिए ।
मर्मतका लागि स्थानीय मोतीबहादुर बानियाको अध्यक्षतामा ९ सदस्यीय चौतारी निर्माण समिति गठन गरिएको थियो । साथै वडा सदस्य तनुजा थापा सिके, स्थानीय गोकर्ण कार्की र ललितबहादुर बानिया सदस्य रहेको अनुगमन समिति गठन गरिएको थियो ।
चौतारी निर्माण समिति अध्यक्ष मोतीबहादुर बानियाले सबैको सहयोगका कारण समयमै काम सम्पन्न गर्न सकिएको बताए । अनुगमन समिति सदस्य ललितबहादुर बानियाले वडामा पहिलो पटक यस्तो कार्य हुनु निकै प्रशंसनीय भएको बताए ।
Related News
सम्बन्धित समाचार
पर्वतीय दिवसमा पर्वतीय महोत्सव
आदर्शको रक्तदानमा ७४ युनिट रगत संकलन
गंगाधर पराजुली जिल्ला सदस्यबाट पदमुक्त, सभापतिले नेतृत्व दिन नसकेको पराजुलीको आरोप
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति
पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०