आर्थर सरादीखोला पौडेल सेवा समाजको सभा

आदर्श समाज सम्वाददाता
असाेज ४, २०८०
arthar

पोखरा । आर्थर सरादीखोला पौडेल सेवा समाजको छैटौं साधारण सभा सम्पन्न भएको छ ।

आधिँखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै भावी योजनाबारे प्रकाश पारेका थिए । उनले संंस्थाको योजनामा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । संस्थाका उपाध्यक्ष प्रेमप्रसाद पौडेलले स्वागत मन्तव्य सहित संस्थाको कार्यप्रगति र भवन निर्माण योजनाबारे अवगत गराए ।

नेपाल सरकारका पूर्व सहसचिव दिवाकर पौडेलले पारदर्शीता सफलताको कडी भएकाले यसमा सम्झौदा गर्न नहुने बताए । रामेश्वर मार्ग टोल सुधार समिति अध्यक्ष लिलाप्रसाद पंगेनीले स्थापनाको छोटो समयमा नै राम्रो प्रगति गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा सफलताको शुभेक्षा प्रकट गरे ।

संस्थाका संस्थापक अध्यक्ष चेतनाथ शर्मा पौडेलद्वारा आजीवन सदस्यहरूलाई सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा समाजका संस्थापक सचिव सञ्चारकर्मी चिरञ्जीवी पौडेललाई सञ्चारमाध्यमबाट पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरियो । समाजका सदस्य बुहारी हरिमाया पौडेललाई पनि सम्मान गरिएको थियो । सभाले पोखरा–२२ मा समाजको भवन निर्माणको लागि जग्गा खरिद गर्ने निर्णय पारित गरेको छ ।

संस्थाका सचिव शोभाकान्त पौडेलले कार्यक्रमको सञ्चालन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा संस्थाका सल्लाहकार स्व. पत्रकार त्रिभुवन पौडेलको सम्झनामा मौनधारण गरिएको थियो । आर्थर सरादिखोला पौडेल सेवा समाज पर्वत र स्याङ्जाको सिमाना आँधिखोला गाउँपालिका र कुस्मा नगरपालिका १४, पुख्र्यौली थलो भई पोखरामा बसोबास गर्दै आएका पौडेलहरूको साझा संस्था हो ।

Related News

सम्बन्धित समाचार

  • निर्माण व्यवसायी समितिमा शिव

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८०
    पोखरा, १५ मंसिर । निर्माण व्यवसायी समितिमा शिवबहादुर खड्का अध्यक्ष चुनिएका छन् । समितिको २६ औं साधारण सभा तथा १३…
  • पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । पोखरा बहुमुखी बहुमुखी क्याम्पसले बिहीबार ३७ औं वार्षिकोत्सव मनाएको छ । समारोह उद्घाटन गर्दै विश्वविद्यालय अनुदान आयोग प्रमुख…
  • पोखरा आदर्शमा वार्षिक खेलकुद

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । पोखराको बगरमा अवस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । गण्डकी एकेडमी फाउन्डेसन प्रा।लिका…
  • निशुल्क रक्त परीक्षण

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । विश्व मधुमेह दिवसको अवसर पारेर लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले बुधबार सचेतना कार्यक्रम तथा निशुल्क रक्त परीक्षण…
  • स्रष्टा सम्मान तथा साक्षात्कार

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । संघर्षमा कलम पोखराले भारतको सिलगढीबाट आएका स्रष्टासँगको साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले असमका वरिष्ठ…

hero news full width