लेखनाथ । पोखरा ३२ को साझा सांस्कृतिक समूहद्वारा आयोजित ५ औं खुला तीज गीत प्रतियोगितमा ब्रह्मरुपा माध्यमिक विद्यालयका छात्राहरुको समूह प्रथम भएको छ । प्रतियोगितामा सातमुहाने ठकुरी समाज द्वितीय र आदर्श दिदीबहिनी समूह तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमश: १० हजार रुपैयाँ, ५ हजार रुपैयाँ र २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । युनिभर्स बोर्डिङ स्कुलकी छात्रा प्रीति गुरुङले उत्कृष्ट नृत्य प्रस्तुत गरेको निर्णायक संयोजक शिवहरि पौडेलले जानकारी दिए । प्रतियोगितामा १४ समूहबीच प्रतिस्पर्धा भएको थियो ।
विविध सांस्कृतिक कार्यक्रमका साथ सुरु भएको खुला तीज प्रतियोगितामा देउराली नेवा:खलले तायमचा र लाखे नाच प्रस्तुत गरेको थियो ।
विजयी समूहलाई सातमुहाने साझा सांस्कृतिक समूहका अध्यक्ष शिवराज ढुंगानाले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए भने संस्थाका सदस्य कुमार थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
निर्माण व्यवसायी समितिमा शिव
पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सव
पोखरा आदर्शमा वार्षिक खेलकुद
निशुल्क रक्त परीक्षण
स्रष्टा सम्मान तथा साक्षात्कार
hero news full width
मुख्य समाचार
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
मंसिर १५, २०८०गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
मंसिर १५, २०८०आलु खेतीमा कास्कीको फड्को
मंसिर १५, २०८०