विश्वले राम्रो भनेको संविधान हामीले नराम्रो कसरी भन्ने ? त्यति ठुलो युद्ध र आन्दोलनबाट निर्माण भएको संविधान जति खारिनुपर्ने हो, त्यो भएजस्तो लागेन । विशेषगरी कार्यपालिकामा समस्या धेरै छ । संविधानका दफाहरुमा ‘र’, ‘तर’, ‘वा’ जस्ता शब्दले कति ठुलो प्रभाव पार्दो रहेछ, अहिले भोग्दा महसुस गरेका छौं । संक्षेपमा भन्दा संविधानको कार्यान्वयन प्रभावकारी छैन । नागरिकता आमाको नामबाट दिने बुँदा संविधानमा उल्लेख छ । तर आज पनि आफ्ना सन्तानलाई नागरिकता नदिएर सिडिओ कार्यालयविरुद्ध आमाहरु अदालत धाउनुपर्छ ।
यसको प्रमुख कारण भनेको कार्यविधि र नियमावली बनाउन ढिलाइ भएकैले हो । आमजनताको जस्तै मेरो पनि प्रश्न छ–हामीले जे भनेर आन्दोलन गर्यौं, ती मागहरु संविधानमा लिपिबद्ध भएका छन् त ? संविधानले लिपिबद्ध गरेका बुँदाहरु पनि कार्यान्वयन भएका छन् त ? अहिले म आफँै नियम बनाउने ठाउँमा प्रतिनिधित्व गर्छु । कानुन बनाउने सांसदहरु नै कानुनमा अनविज्ञ छन् । यसको मतलव सांसदहरुले कानुन निर्माण प्रक्रियामा पर्याप्त छलफल गर्न पाउँदैनन्, आफ्ना एजेन्डाहरु राख्न पाउँदैनन् ।
कसैले बनाइदिएको कानुनमा सामान्य छलफल गरेर पास गर्छौं । संविधानमा लेखिएको संघीयताको मोडल यो होइन । हामी जे कुरामा रमाइरहेका छौं, यसमा धेरै समस्याहरु पनि छन् । संविधानले संघीयता भने पनि व्यवहारमा केन्द्रिकृत मोडल नै हावी छ । अधिकार हस्तान्तरण गर्न कोही चाहँदैनन् । हाम्रो जगहरु कमजोर छन्, माथिबाट बजेट पठाएर तल्ला तहले कार्यान्वयन गर्ने अवस्था नै कायम छ । म आशावादी छु, नपुगेका कुराहरु थपेर यसलाई अझै परिपक्व बनाइने छ । जनताले आफ्नो संविधान भनेर गर्व गर्न सक्नेछन् ।
Related News
सम्बन्धित समाचार
नेपालमा पहिलो पल्ट समलिंगी विवाह
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
लम्पी स्किनबाट पीडित किसानलाई राहत
बुद्ध एयरको जहाज ‘ओभरसुट’
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
hero news full width
मुख्य समाचार
राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
मंसिर १४, २०८०गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
मंसिर १३, २०८०फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०