मेरो दृष्टिकोणमा जुन संविधानलाई स्वीकार गरेर यहाँ आइपुग्यौं, अब रोकिएर सबैभन्दा पहिले नमिलेका कुरा मिलाउनुपर्छ । हामी विब्प्याँटो बाटोमा हिँडेका छौं । संघीयता देशले धान्न सक्दैन, यो खारेज गर्नुपर्छ । हामी संविधानको व्यवस्थालाई प्रयोग गरेर नै संसदमा छौं तर संविधानबाट संघीयता हटाउनुपर्छ । आज सोध्नुस् न, जसले आन्दोलन गरेर यो संविधान बन्यो, उहाँहरु नै खुसी हुनुहुँदैन । अनावश्यक खर्च बढेको छ । जसले संविधान चाहेको थियो, उनीहरु नै खुसी छैनन् भने हामीले कसका लागि संविधान बनायौं त ? प्रश्न सामान्य होइन । संविधानले ३३ प्रतिशत महिला सहभागिता, आदिवासी जनजाति, दलित लगायतको सहभागितालाई सुनिश्चित गरेको छ । यो सुन्दर पक्ष हो । तर अहिले पनि महिलालाई पार्टीले टिकट दिन हिचकिचाउँछ । यो भनेको कार्यान्वयनको चुनौती हो ।
केही पक्षहरु सुन्दर छन् । वाक स्वतन्त्रताका विषय यो संविधानले ज्ञारेन्टी गरेकै कारण आज हरेक दलका नेता जेल गएका छन्, भ्रष्टाचारका मुद्दा लागेका छन् । व्यवस्थामा फरक मत राख्नेहरु पनि यही व्यवस्थामा अटाएका छौं, प्रतिभा देखाउन पाएका छौं । यो संविधानकै उपलब्धि हो । म संसदमा आएपछि एउटा तीतो अनुभव चाहीँ गरेको छु, कानुन निर्माण सत्ता पक्षले मात्रै गर्दो रहेछ । संसद प्रतिपक्षको भने पनि सरकारकै छायामा हराउँदो रहेछ । संविधानलाई स्वीकारेर आएपछि असफल बनाउने पक्षमा हामी छैनौं । त्यसैले हाम्रा कुरा पनि सुन्नुपर्छ । जनताले संघीयता र धर्म निरपेक्षतालाई स्वीकारेका छैनन् । संविधानका सुन्दर पक्षलाई शुभकामना छ, विकृति हटाउने चेत सबैमा आओस् ।
Related News
सम्बन्धित समाचार
नेपालमा पहिलो पल्ट समलिंगी विवाह
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
लम्पी स्किनबाट पीडित किसानलाई राहत
बुद्ध एयरको जहाज ‘ओभरसुट’
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०