संविधान एक पटक निर्माण गरेपछि सधैंका लागि तृप्त हुने कुरा होइन । आवश्यकता र परिवेश अनुसार संशोधन हुनुपर्ने हो । हामी एउटा समुदायमा बाँचिरहेका छौं, हाम्रो कानुन अर्कै दृष्टिकोणबाट निर्देशित भैरहेको छ । राम्रो गर्ने नाममा पहिलेभन्दा झन् भद्रगोल बनाइएको छ । संविधानले समानुपातिक समावेशी सिद्धान्त अंगीकार गरेको छ तर, व्यवहारमा त्यो साँच्चै कार्यान्वयनमा छ त ? संसदमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरेका कारण बाध्यात्मक उपस्थिति गराइएको छ । कार्यपालिका र अन्य क्षेत्रमा कन्तविजोग छ । यसको अर्थ कानुनमा लेखेर मात्रै पनि नहुने रहेछ, हाम्रो मानसिकताको कुरा सबैभन्दा ठुलो रहेछ ।
सरसर्ती हेर्दा मानसिक रुपमा यो संविधान पूर्ण कार्यान्वयनका लागि कोही पनि तयार छैनौं । समूहमा भन्दा व्यक्ति केन्द्रित भएका छौं । संविधान निर्माण भएको ८ वर्ष पूरा भैसक्यो, आज पनि हाम्रा प्रमुख समस्या सम्बोधन भएका छैनन् ।
संघीयताकै कुरा गरौं न, के जनताले चाहेको र संविधानले लेखेको संघीयता यही हो त ? मुख्य कुरा नियमभन्दा नियत हो । हाम्रा नियमहरु बर्सेनि फेरिएका छन्, नियत ज्यूँकात्यूँ छ । तथापि संविधानमा केही छँदै छैन भन्ने पनि होइन । यसमा केही छ, पूर्ण छैन । हाम्रो संविधान प्रोग्रेसिभ नै छ । नमिलेका कुराहरु मिलाएर जनतालाई अधिकार सम्पन्न बनाउनुपर्छ ।
Related News
सम्बन्धित समाचार
नेपालमा पहिलो पल्ट समलिंगी विवाह
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
लम्पी स्किनबाट पीडित किसानलाई राहत
बुद्ध एयरको जहाज ‘ओभरसुट’
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०