रामघाटको तीज गीतमा मेट्रोपोलिटन प्रथम

आदर्श समाज सम्वाददाता
असाेज ३, २०८०
Teej ramghat

पोखरा । रामघाट महिला समूह पोखरा १० र १२ ले असोज १ गते गीता मन्दिर प्रांगणमा आयोजना गरेको तीज गीत प्रतियोगितामा मेट्रोपोलिटन एकेडेमी प्रथम भएको छ । कालिका नमुना मावि द्वितीय, सिद्धाश्रम शक्ति केन्द्र तृतीय र गंगा शर्माको समूह म्याग्दी सान्त्वना स्थानमा रहे । उक्त प्रतियोगितामा जम्मा १२ टिमबीच प्रतिस्पर्धा भएको थियो ।

उत्कृष्ट नृत्यमा शिवपुरी आमा समूह र उत्कृष्ट भेषभूषामा बुद्धचोक महिला समूह पुरस्कृत भए । दर्शकमध्ये बाट उत्कृष्ट नृत्यमा रमिला शौखी र बाल नृत्यमा साम्राज्ञी सुवेदीले पुरस्कार हात पारे ।

निर्णायक मण्डलमा लोकगायक चोलेन्द्र पौडेल, गायिका सरस्वती लामिछाने र प्रतिभा शर्मा रहेका थिए । मेट्रोपोलिटन स्कुलका विद्यार्थीले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

रामघाट महिला समूहकी अध्यक्ष दुर्गा केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सरस्वती गुरुङ रहेकी थिइन् । समूहकी संरक्षक अनिता तिमिल्सिनाले स्वागत र सचिव जानुका अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • निर्माण व्यवसायी समितिमा शिव

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८०
    पोखरा, १५ मंसिर । निर्माण व्यवसायी समितिमा शिवबहादुर खड्का अध्यक्ष चुनिएका छन् । समितिको २६ औं साधारण सभा तथा १३…
  • पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । पोखरा बहुमुखी बहुमुखी क्याम्पसले बिहीबार ३७ औं वार्षिकोत्सव मनाएको छ । समारोह उद्घाटन गर्दै विश्वविद्यालय अनुदान आयोग प्रमुख…
  • पोखरा आदर्शमा वार्षिक खेलकुद

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । पोखराको बगरमा अवस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । गण्डकी एकेडमी फाउन्डेसन प्रा।लिका…
  • निशुल्क रक्त परीक्षण

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । विश्व मधुमेह दिवसको अवसर पारेर लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले बुधबार सचेतना कार्यक्रम तथा निशुल्क रक्त परीक्षण…
  • स्रष्टा सम्मान तथा साक्षात्कार

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । संघर्षमा कलम पोखराले भारतको सिलगढीबाट आएका स्रष्टासँगको साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले असमका वरिष्ठ…

hero news full width