लेखनाथ । तीज अवसरमा पोखरा २६, सक्नेरीमा आयोजित २२ औं खुला तीज गीत प्रतियोगितामा नमुना आमा समूह प्रथम भएको छ ।
लोक सांस्कृतिक संरक्षण समिति र उज्ज्वल आमा समूहको संयुक्त आयोजनामा भएको प्रतियोगितामा सहभागी १० टिममध्ये मट्टिखाना चेलीबहिनी समूह दोस्रो, सासूबुहारी आमा समूह पोखरा २७ तृतीय र दिदीबहिनी समूह पोखरा २६ सान्त्वना भए ।
दिग्दर्शक वाचक शिरोमणि पं. दीपक सापकोटाले प्रतियोगिता उद्घाटन गर्दै आफ्नो मौलिक संस्कृति र धर्म रक्षाका लागि यसप्रकारका कार्यक्रमले सहयोगी भूमिका निभाउने बताए ।
संस्थाका अध्यक्ष जगन्नाथ तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष खेमप्रसाद भण्डारी, जागरुक नागरिक समाजका अध्यक्ष रामहरि ढुंगाना, रिलायवल बोर्डिङ स्कुलका सञ्चालक कमल रानाभाट लगायतले तीजलाई आफ्नो मौलिक चाडका रुपमा लिँदै मनाउनुपर्ने बताए ।
संस्थाका सचिव भीमनाथ अधिकारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत उज्ज्वल आमा समूहकी अध्यक्ष सरस्वती गौतमले राखेका थिइन् ।
Related News
सम्बन्धित समाचार
निर्माण व्यवसायी समितिमा शिव
पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सव
पोखरा आदर्शमा वार्षिक खेलकुद
निशुल्क रक्त परीक्षण
स्रष्टा सम्मान तथा साक्षात्कार
hero news full width
मुख्य समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
मंसिर १६, २०८०कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
मंसिर १५, २०८०गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
मंसिर १५, २०८०