लामाचौर तीज महोत्सवमा स्रष्टा सम्मान

आदर्श समाज सम्वाददाता
असाेज ३, २०८०
lamachaur fest

पोखरा । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको २५ औं लामाचौर तीज महोत्सवअन्तर्गत स्रष्टा सम्मान गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले खेलकुदतर्फ दिलसरा राना र बास्केटबल तथा ह्याण्डबल प्लेयर जुमप्रसाद गुरुङ, शिक्षातर्फ पश्चिमाञ्चल इन्जिनियरिङ कलेज तथा साहित्य विधामा रवीन्द्र माकाजूलाई सम्मान गरे ।

यस्तै, अन्तरमहिला समूहगत खुला तीज गीतमा लामाचौरको जाल्पादेवी महिला सामुदायिक विकास प्रथम भयो । दोस्रो हेमजाको देवीस्थान भजन समूह, तेस्रो महिला सामुदायिक स्वास्थ्य समाज पोखरा १९ र सान्त्वना गैराबारी कोपिला महिला समूह पोखरा १९ भए । प्रथमलाई ५०, दोस्रोलाई ३०, तेस्रोलाई २० र सान्त्वनालाई १० हजार र सहभागी टिमलाई प्रोत्साहनवापत २ हजार दिइएको संस्थाका सहसचिव हरिबहादुर थापाले बताए ।

अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा लामाचौरको सरस्वती आदर्श विद्याश्रम प्रथम भएको छ । भाष्कर ममोरियल दोस्रो र वेसलाइन एकेडेमी तेस्रो भए । सान्त्वना प्रगति इङलिस बोर्डिङ स्कुल, कुमुदिनी होम्स् र बालकल्याण मावि सान्त्वना भए । सिर्जना मावि उत्कृष्ट भेषभूषामा पुरस्कृत हुँदै ५ हजार पुरस्कार जितेको छ । प्रथम, दोस्रो, तेस्रो र सान्त्वना (३ टिम) लाई क्रमश: ४०, २५, १५ र ५ हजार प्राप्त गरेका छन् ।

आयोजकले दैनिकरुपमा राष्ट्रिय कलाकारलाई महोत्सव उतारेको थियो । आइतबार समीक्षा अधिकारीको प्रस्तुतिमा दर्शक झुमेकोमा समापनमा लोकदोहोरी कलाकार चिज गुरुङ, श्रीकृष्ण बम मल्ल, बविता बानियाँ जेरी, लक्ष्मी मल्ल, दीपक खड्का लगायत कलाकारले प्रस्तुति दिएको संस्थाका प्रथम उपाध्यक्ष तथा सूचना एवं सञ्चार उपसमिति संयोजक दिनेश भण्डारीले बताए । महोत्सवमा विभिन्न व्यापारिक स्टलहरुमा पनि ग्राहकको भिड लागेको थियो ।

संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले महोत्सव सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरे ।

आयोजकले महोत्सवबाट बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव संचालन कोष वृद्धिका लागि थप गर्ने संस्थाका पूर्व अध्यक्ष बुद्धिबहादुर खत्री क्षेत्रीले बताए ।

Related News

सम्बन्धित समाचार

  • निर्माण व्यवसायी समितिमा शिव

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८०
    पोखरा, १५ मंसिर । निर्माण व्यवसायी समितिमा शिवबहादुर खड्का अध्यक्ष चुनिएका छन् । समितिको २६ औं साधारण सभा तथा १३…
  • पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । पोखरा बहुमुखी बहुमुखी क्याम्पसले बिहीबार ३७ औं वार्षिकोत्सव मनाएको छ । समारोह उद्घाटन गर्दै विश्वविद्यालय अनुदान आयोग प्रमुख…
  • पोखरा आदर्शमा वार्षिक खेलकुद

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । पोखराको बगरमा अवस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । गण्डकी एकेडमी फाउन्डेसन प्रा।लिका…
  • निशुल्क रक्त परीक्षण

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । विश्व मधुमेह दिवसको अवसर पारेर लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले बुधबार सचेतना कार्यक्रम तथा निशुल्क रक्त परीक्षण…
  • स्रष्टा सम्मान तथा साक्षात्कार

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । संघर्षमा कलम पोखराले भारतको सिलगढीबाट आएका स्रष्टासँगको साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले असमका वरिष्ठ…

hero news full width