पोखरा । हेमजास्थित विष्णुपादुका क्लबको आयोजनामा भएको तीजगीत प्रतियोगितामा उत्कृष्ट ५ समूह छनोट गरी पुरस्कृत गरिएको छ ।
छनोटमा पर्ने समूहमा माछापुच्छ्रे सेवा समाज, राधाकृष्ण आमा समूह, नवजागरण आमा समूह, दिदीबहिनी समूह र लक्ष्मी आमा समूह छन् । ती समूहलाई नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरियो ।
त्यस्तै सुनझाँक्री आमा समूह, सिद्धी विनायक आमा समूह तथा नारायणी दिदीबहिनी समूहलाई प्रोत्साहन पुरस्कार प्रदान गरियो ।
त्यस अवसरमा भएको बेलुन फुटाइ प्रतियोगितातर्फ क्रिस्टल गुरुङ प्रथम र रयन्स परियार द्वितीय, घैंटो फुटाइमा विश्वास तिम्सिना पहिलो र प्रदिप श्रेष्ठ दोस्रो, टायरमा बल छिराउने खेलमा सम्मर नेपाली उत्कृष्ट, म्युजिकल चियरतर्फ कमला भट्टराई प्रथम र आरोष थापा दोस्रो भए ।
त्यसैगरी जोडी नृत्यतर्फ पूजा तिम्सिना र वर्षा क्षत्री पहिलो साथै विनीता सुनार र कुशुम सुनारको जोडी दोस्रो भए । रस्साकस्सीतर्फ राधाकृष्ण आमा समूह प्रथम र सुनझाक्री आमा समूह द्वितीय हुन सफल भएको क्लब अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा पोखरा २५ का वडाध्यक्ष तथा महानगरपालिका प्रवक्ता मोतिलाल तिम्सिनाले तीजलाई संस्कृतिक पर्व बनाउनुपर्नेमा जोड दिर्दै भड्किलो पनलाई भने यथाशीध्र छाड्दै जानुपर्ने औँल्याए । उनले क्लबले कार्यक्रम गरेकोमा खुशी व्यक्त गर्दै निरन्तरता दिनुपर्ने धारणा राखे ।
क्लब सचिव वसन्तकुमार श्रेष्ठले क्लवले मेला महोत्सवलाई प्राथमिकता दिर्दै आइरहेको स्पष्ट पार्दै त्यस्ता क्रियाकलापलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
क्लब सदस्य तथा कार्यक्रम संयोजक शान्ता केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महिला समूह सदस्य सिर्जना सापकोटाले स्वागत तथा सञ्चालन महिला समूह सदस्य बगवती बजगार्इं तथा कलाकार परशुराम अधिकारीले गरे ।
Related News
सम्बन्धित समाचार
निर्माण व्यवसायी समितिमा शिव
पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सव
पोखरा आदर्शमा वार्षिक खेलकुद
निशुल्क रक्त परीक्षण
स्रष्टा सम्मान तथा साक्षात्कार
hero news full width
मुख्य समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
मंसिर १६, २०८०कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
मंसिर १५, २०८०गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
मंसिर १५, २०८०