एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक

आदर्श समाज सम्वाददाता
असाेज २, २०८०
logo pix

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) गण्डकी प्रदेश कमिटीले असोज १५ र १६ गते पोखरामा हुने प्रथम अधिवेशनको लोगो सार्वजनिक गरेको छ । अधिवेशन प्रचार प्रसार समितिले मंगलबार पोखरामा पत्रकार सम्मेलनमार्फत् लोगो सार्वजनिक गरेको हो ।

कार्यक्रममा एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले अधिवेशनलाई ऐतिहासिक बनाउन भएका तयारीहरूको बारेमा जानकारी दिए । बैठकले अधिवेशनलाई सभ्य र भव्यरूपले सम्पन्न गर्न विभिन्न विभिन्न वटा उप समितिमार्फत् सशक्त ढंगले तयारी अगाडि बढाइएको प्रचार तथा प्रसार उपसमिति सदस्य रामजीप्रसाद लम्सालले बताए ।

प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अधिवेशन प्रचार प्रसार समिति संयोजक तथा प्रदेश कमिटीका उपसचिव रश्मि आचार्यले सञ्चालन गरेका थिए ।

अधिवेशनमा करिब ९ सय प्रतिनिधि सहभागी हुने र असोज ९ गते प्रतिनिधि चयन हुने जानकारी अध्यक्ष नवराज शर्माले जानकारी दिए । एमाले गण्डकीको प्रथम अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले असोज १५ गते अमरसिंहचौरमा उद्घाटन गर्ने कार्यक्रम छ ।

Related News

सम्बन्धित समाचार

hero news full width