नानी–सुक पुरस्कारबाट नैनकुमार सम्मानित

आदर्श समाज सम्वाददाता
असाेज १, २०८०
nani suka prize (3)

पोखरा।  नानी–सुक स्मृति प्रतिष्ठान पोखराले यस वर्षको नानी–सुक स्मृति पुरस्कारबाट म्याग्दीका समाजसेवी तथा शिक्षासेवी नैनकुमार श्रेष्ठलाई सम्मान गरेको छ ।

प्रतिष्ठानको १९ औं वार्षिकोत्सव अवसरमा सोमबार आयोजित समारोहमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले उनलाई २५ हजार ५ सय २५ सहित ताम्रपत्र, दोसल्ला, मालासहित सम्मानित गरे ।

बेनी–७ निवासी ८१ वर्षीय श्रेष्ठले म्यादी उद्योग वाणिज्य संघ तथा प्रभात प्रावि मंगला लगायत स्कुलको भवन निर्माणमा करोडौं मूल्य बराबरको जग्गादान गरेका छन् ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले यो सम्मानको कार्यक्रम पितृप्रति सन्तानले गर्ने सुकार्य हो भने । उनले सुकबहादुर हिराचन तथा समग्र थकाली समुदायको बारेमा पनि बोलेका थिए ।

सम्मानित व्यक्तित्व श्रेष्ठले प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै यानीमाया गीतसमेत गाएका थिए । म्याग्दीमा यानीमाया गाउनमा होस् वा विभिन्न जात्रामा नाच्न उनी सधैं अघि सर्थे ।
प्रतिष्ठानका संरक्षक वीरेन्द्र हिराचनले बाबुआमाको योगदान छोराछोरीले जति गरे पनि गुन तिर्न नसक्ने बताए । बाबुआमाको स्मृतिको स्थापना गरिएको कोषमा आफ्ना परिवारका सदस्यले पनि नगद सहयोग गरेको उनले खुलाए । सो अवसरमा उनले बाबुआमाको स्मृतिमा भजन सुनाए ।

संस्थाका उपाध्यक्ष हेरम्ब कोइरालाले पुरस्कारको महत्व र कार्यविधिबारे जानकारी दिए कार्यक्रममा समाजसेवी सुन्दर ज्योतिषले पुरस्कृत व्यक्तित्वको बारेमा प्रकाश पारेका थिए । सो अवसरमा प्रतिष्ठानले नरेन्द्रकुमार लालचनलाई आजीवन सदस्यता प्रदान गरेको छ ।

गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर शिक्षा र समाजसेवामा उल्लेख्य योगदान दिने व्यक्तिलाई पुरस्कृत गर्ने उद्देश्यले प्रतिष्ठानले २०६२ सालमा शुकबहादुर हिराचन र नानीमाया हिराचनको स्मृतिमा ९ लाखको अक्षयकोष स्थापना गरी सोको ब्याजबाट पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिष्ठान अध्यक्ष तारानाथ गौतम पाखेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संरक्षक शान्ति हिराचन र सञ्चालन सुकु हिराचनले गरेका थिए । विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रममा भक्ति संगीत प्रतिष्ठानले नवराल बरालको नेतृत्वमा भक्ति संगीत प्रस्तुत गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width