बडिगाड (बागलुङ) । मध्यपहाडी लोकमार्गसँग जोडिएको छ, ७३ वर्षे पवित्रा पुनको घर । बागलुङको बडिगाड गाउँपालिका ६, खालमा सामान्य चिया पसल चलाउँदै आएकी उनका आँखाले त्यति भेउ पाउँदैनन् । महिला पुरुष छुट्याए पनि अनुहार चिन्न उनलाई गाह्रो पर्छ । आँखा जचाउन पनि कसैले भनेनन्, चस्मा लगाउन सुझाउने त कुरै भएन । शनिबार दिउँसो उनकै घर अगाडि हिमालय आँखा अस्पतालका चिफ मेडिकल डाइरेक्टर प्राडा इलिया श्रेष्ठसहितको टोली पुग्यो । बस्न कुर्सी र पिर्का पनि दिइन् । आँगनमा को आए भन्ने उनले चिनेकी भने थिइनन् । केहीबेरमा मानिसको चहलपहल बढ्यो, एउटा कार्यक्रम सुरु भयो । ब्यानरमा लेखिएको थियो, आँखा उपचार केन्द्र बडिगाडको समुद्घाटन कार्यक्रम ।
पवित्रा पनि कार्यक्रममा सहभागी भइन् । राखिएका कुर्सीको अघिल्लो लहरमा बसिन् । करिब ४५ मिनेटजति औपचारिक कार्यक्रम चल्यो । औपचारिक कार्यक्रम भनेपछि भाषण त हुने नै भयो । भाषण सकिएपछि पालिका प्रमुख गण्डकी थापा अधिकारीले उपचार केन्द्र रहेको भवनको ढोकामा टाँगिएको रिबन काटिन् । स्वास्थ्यकर्मीले पवित्रालाई डो¥याएर भवनमा लगे । उनको हातमा पुर्जी थमाए । डा. इलियाले आँखा जाँच्ने मेसिन छोपेको कपडा निकालेर पवित्राको आँखा जाँच्न थालिन् । उनको आँखामा मोतियाबिन्दु देखियोे, अब कसरी सन्चो बनाउने ७३ वर्षे पवित्रालाई फसाद प¥यो । रोग थाहा नहुँदासम्म बरु ढुक्क थियो, थाहा पाएपछि के गर्ने र कसो गर्ने हुने नै भयो ।
तर समस्या उनले सोचेजस्तो छैन । बडिगाडमा भेटिने बिरामीका आधारमा बडिगाडमै वा पोखरा ल्याएर भए पनि शल्यक्रिया गरिने आश्वासन डा. इलियाले दिइन् । धेरै जना बिरामी भए पोखराबाट चिकित्सक त्यहींँ पुगेर शल्यक्रिया गरिदिने र २/४ जनामात्र भए पोखरा नै बोलाइने उनले बताइन् । अझ आर्थिक अवस्था कमजोर हुनेहरुका लागि पालिकाको सिफारिसमा निशुल्क शल्यक्रिया हुनेसमेत उनले जानकारी गराइन् ।
हिमालय र धवलागिरि आँखा अस्पतालको प्राविधिक सहयोग र पालिकाको व्यवस्थापनमा बडिगाडमा केन्द्र खुलेको हो
गण्डकी र कर्णालीमा अन्धोपन निवारणका लागि क्रियाशील हिमालय आँखा अस्पतालले ग्रामीण भेगमा आँखा उपचार केन्द्र स्थापनालाई तीव्रता दिएको छ । यसैक्रममा बडिगाडमा उपचार केन्द्र खोलिएको हो । अन्य पालिकाहरुमा समेत कार्यक्रम विस्तार गरिने उनले सुनाइन् । नेपाल नेत्रज्योति संघ मातहतको हिमालय आँखा अस्पताल र धवलागिरी आँखा अस्पतालको प्राविधिक सहयोग र पालिकाले व्यवस्थापन गर्ने गरी उपचार केन्द्र सुरु भएको हो । केन्द्र सञ्चालका लागि तिनै पक्षले सम्झादारी पत्रमा हस्ताक्षर गरी आदानप्रदानसमेत गरेका छन् । आँखा उपचार सेवालाई विस्तार गरी सक्दो धेरै मानिसहरुको पहुँचसम्म पु¥याउने उद्देश्यका केन्द्र सञ्चालमा ल्याइएको प्राडा इलियाले बताइन् ।
आँखा उपचार केन्द्रको स्थापनाका लागि पालिकाले आवश्यक भवन कोठा तथा फर्निचर र जनशक्ति उपलब्ध गराएको छ । हिमालय र धवलागिरी आँखा अस्पतालले आवश्यक उपकरण तथा औजार उपलब्ध गराएका छन् ।
उपचार केन्द्रको दैनिक आम्दानी तथा खर्चको हिसाब दोस्रो पालिकाको जिम्मामा रहेको छ । उपचार केन्द्रको दैनिक रुपमा सञ्चालन गर्दा लाग्ने खर्चको सम्पूर्ण जिम्मेवारी समेत पालिकाले लिएको छ । केन्द्रको आवश्यकता अनुसार थप गर्नुपर्ने यन्त्र उपकरण उक्त केन्द्रको आम्दानीबाट तिनै पक्षको सहमति अनुसार खरिद गर्न सकिने समझदारी पत्रमा उल्लेख छ ।
हिमालय आँखा अस्पतालले धवलागिरी आँखा अस्पताल र पालिकासँगको समन्वयमा आवश्यकताअनुसार आँखा जाँच शिविर, विद्यालय आँखा जाँच प्रथम शिविर र आँखा शल्यक्रिया शिविर गर्नेछ । कुनै कारणवश केन्द्र बन्द हुने अवस्था आएमा केन्द्रमा रहेको यन्त्र उपकरण हिमालय आँखा अस्पतालले फिर्ता लैजानेछ ।
पालिकाको वडा नम्बर ६ खालस्थित पहिला स्वास्थ्य केन्द्र रहेको भवनमा अहिले आँखा उपचार केन्द्र स्थापना गरिएको हो । भाडा तिर्नभन्दा खाली रहेको आफ्नै भवनमा केन्द्र चलाउँदा सहज हुने भएकाले त्यसै अनुसार निर्णय गरिएको पालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन् । आफूहरु निर्वाचित भएर आएदेखि नै स्वास्थ्यलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो । बागलुङ बजारबाट ७० किलोमिटर भन्दा बढी दूरीमा रहेका कारण आँखको सामान्य उपचारका लागि अब सहर धाउनुपर्ने बाध्यता अन्त्य भएको अध्यक्ष थापाले बताइन् । ठूलो भौगोलिक क्षेत्र भएकाले स्वास्थ्यको टोली नै बनाएर आवधिक रुपमा वडाका गाउँहरुमा पठाउने गरिएको, ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्न थालिएको उनको भनाइ थियो ।
आँखा उपचार केन्द्रलाई कुनै हालतमा बन्द हुन नदिने भन्दै उनले जग्गाको व्यवस्थापन गरी स्थायीरुपमा भवन बनाउने सोचमा पालिका रहेको सुनाइन् । पालिका उपाध्यक्ष भीमसेन वनले बडिगाड मात्र नभएर छिमेकी जिल्ला गुल्मीको मुसीकोट नपा र मालिका गापाका बासिन्दाले समेत यस केन्द्रबाट सेवा लिन लिन सक्ने बताए । कार्यक्रममा नेपाल नेत्रज्योति संघ गण्डकीका उपाध्यक्ष ध्रुवबहादुर केसीले संघ मातहत नेपालभर २७ अस्पताल रहेको र ती अस्पतालले यस्ता केन्द्र सञ्चालनमा ल्याएर स्थानीयस्तरमा सेवा प्रदान गरिरहेको बताए ।
हिमालय आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका नेपाल नेत्रज्योति संघ कास्की अध्यक्ष सुरेन्द्र थापामगरले गाउँगाउँमा सिंह दरबारको नारा अहिले आएर सार्थक हुन थालेको बताए । ग्रामीण भेगमा सेवा पु¥याउने गरी खोलिएको केन्द्रको स्थायित्वका लागि पालिकासहित स्थानीय चनाखो रहनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष वीरबहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी लगायतले भनाइ राखेका थिए ।
Related News
सम्बन्धित समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
केआइइसी वुनलाई फुटबल उपाधि
शिक्षकको राजधानीकेन्द्रित आन्दोलन
संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
hero news full width
मुख्य समाचार
उदार संविधान, अनुदार नेतृत्व
एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०पोखरासहित गण्डकीका शिक्षाकर्मीलाई राष्ट्रिय शिक्षा पुरस्कार
असाेज २, २०८०बागलुङको बडिगाडमा खुल्यो आँखा उपचार केन्द्र
असाेज १, २०८०लामाचौर कप भलिबल, महिलातर्फ पुलिसलाई उपाधि, पुरुषको फाइनल भोलि
असाेज १, २०८०