दियालोका विद्यार्थीलाई सहयोग

आदर्श समाज सम्वाददाता
असाेज १, २०८०
diyaloa

पोखरा । दियालो आधारभूत विद्यालय, पुतलीबजार १३ स्याङ्जामा बाल दिवसका अवसरमा विद्यार्थीलाई सहयोग प्रदान गरिएको छ । पूर्व विद्यार्थी वीरेन्द्र केसी परिवारले बुबा लोकेश र आमा जमुनाको स्मृतिमा प्रदान गरेको रकमबाट २ विद्यार्थीलाई विद्यालय पोसाकसहित शैक्षिक सामग्री प्रदान गरिएको छ । पुतली बजार १४, सिरिनडाँडा निवासी वीरेन्द्र हाल अस्ट्रेलियामा छन् ।

वीरेन्द्रकी पत्नी प्रमिला, छोरी कुसुम र छोरा प्रशन्नले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि २० हजार रुपैयाँ उपलब्ध गराएका थिए । उक्त रकमबाट कक्षा ४ मा अध्ययनरत छात्र प्रदीप माझी र कक्षा २ मा अध्ययनरत सुवास नेपालीलाई झोला, जुत्ता, मोजा, स्वेटर, टोपी, कापी, कलम प्रदान गरिएको हो । वीरेन्द्रको परिवारले यसअघि विद्यालयलाई कम्प्युटर, प्रिन्टर उपलब्ध गराएको प्रअ हरिप्रसाद कोइरालाले बताए ।

बाल दिवसकै दिन पुतलीबजार १३ का राजु थापाले विद्यालयमा अध्ययनरत ३८ विद्यार्थीका लागि ट्रयाक सुट उपलब्ध गराएका छन् ।

यसैगरी पुरुषोत्तम कोइरालाले सबै विद्यार्थीलाई पुग्ने गरी टाइ र बेल्ट उपलब्ध गराए ।

विद्यालय र विद्यार्थीलाई सहयोग गर्नेहरुप्रति आभार व्यक्त गर्दै प्रअ कोइरालाले आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने अपेक्षा गरे ।

Related News

सम्बन्धित समाचार

  • स्थानीयका कर्मचारी पनि आन्दोलित

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । आफूहरूको माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलनको तयारी थालेका…
  • संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    पोखरा । संविधानको मर्म र भावनाअनुरुप जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न संघीयताको व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ…
  • कानुन कार्यान्वयनका लागि हो

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    विश्वले राम्रो भनेको संविधान हामीले नराम्रो कसरी भन्ने ? त्यति ठुलो युद्ध र आन्दोलनबाट निर्माण भएको संविधान जति खारिनुपर्ने हो,…
  • हाम्रो यात्रा विब्प्याँटो छ

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    मेरो दृष्टिकोणमा जुन संविधानलाई स्वीकार गरेर यहाँ आइपुग्यौं, अब रोकिएर सबैभन्दा पहिले नमिलेका कुरा मिलाउनुपर्छ । हामी विब्प्याँटो बाटोमा हिँडेका…
  • नियम बन्यो, नियत फेरिएन

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    संविधान एक पटक निर्माण गरेपछि सधैंका लागि तृप्त हुने कुरा होइन । आवश्यकता र परिवेश अनुसार संशोधन हुनुपर्ने हो ।…

hero news full width