सञ्चयले ११ प्रतिशत मुनाफा बाँड्ने, अध्यक्षमा गणेशबहादुर थापा

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०८०
sanchya photo

पोखरा । सञ्चय बहुउद्देश्यीय सहकारी संस्था पोखराले आफ्ना सेयर सदस्यलाई यस वर्ष ११ प्रतिशत मुनाफा बाँड्ने भएको छ ।

संस्थाको २४ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशन समारोहमा सञ्चालक समितितर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नारायण कार्कीले उक्त जानकारी दिएका हुन् ।

सञ्चयको कुल १ हजार ५ सय ६८ सेयर सदस्यमध्ये ८ सय २२ जना महिला छन् । संस्थाको कुल सेयर पुँजी १२ करोड ७१ लाख ४९ हजार रहेको छ । निक्षेप ५२ करोड ८५ लाख ७७ हजार छ भने कर्जा ५७ करोड २५ लाख ७ हजार छ । यस वर्ष सञ्चयले २ करोड ९८ लाख मुनाफा गर्न सफल भएको जनाएको छ ।

संस्थाका उपाध्यक्ष गणेशबहादुर थापाको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा कोषाध्यक्ष राधाकृष्ण घिमिरेले आर्थिक प्रतिवेदन तथा प्रबन्धक दीपा श्रेष्ठले अडिट प्रतिवेदन प्रस्तुत गरे ।
यसैगरी, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक नेत्रनारायण सुवेदीले प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन सचिव नवराज पौडेलले गरेका थिए ।

अध्यक्षमा थापा
सञ्चय बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा गणेशबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । समिति उपाध्यक्षमा नवराज पौडेल र कोषाध्यक्षमा नेत्रनारायण सुवेदी चयन भए । सचिव र सहसचिवको निर्वाचन भएकोमा क्रमश सूर्यप्रसाद बराल र इन्द्रकमल मानन्धर विजयी भए । सदस्य दिनेशबाबु खड्का, प्रतिभा शर्मा, भगवती रेग्मी शर्मा र सरस्वती अधिकारी निर्विरोध भएका छन् ।

लेखा सुपरीवेक्षण समिति संयोजकमा यज्ञराज शर्मा तथा सदस्य कृष्णप्रसाद शर्मा र नारायण लामिछाने निर्वाचित भए ।

प्राध्यापक अम्बिकाप्रसाद भट्टराईको संयोजकत्वमा गठित निर्वाचन समिति सदस्य पिताम्बर बराल र विष्णुप्रसाद बराल थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा फाइनान्स अध्यक्षमा राजकुमार

    आदर्श समाज सम्वाददाता असाेज १, २०८०
    पोखरा । पोखरा फाइनान्स अध्यक्षमा राजकुमार गुरुङ चयन भएका छन् । बैंकको सञ्चालक समिति बैठकले अध्यक्षमा सर्वसम्मत उनलाई चयन गरेको…
  • व्यवस्थापनको कमजोरीले सहकारी बिग्रन्छ : मन्त्री जिसी

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८०
    पोखरा । गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री महेन्द्रध्वज जिसीले व्यवस्थापनको कमजोरीले सहकारी बिग्रन सक्ने हुँदा सदस्यहरु सचेत…
  • कुँडहर सहकारीमा विश्वबन्धु

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८०
    पोखरा । कुँडहर बचत तथा ऋण सहकारी संस्था लि.को १५ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनले विश्वबन्धु थापाको अध्यक्षतामा…
  • पोउवा संघद्वारा लेउवा संघको टिमलाई बधाई

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८०
    पोखरा । पोखरा उद्योग वाणिज्य संघले लेखनाथ उद्योग वािणज्य संघको नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठसहित पदाधिकारी र कार्यसमितिलाई सम्मान तथा बधाई…
  • टप लिडर्स सम्मानित

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८०
    पोखरा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि.ले कम्पनीमा कार्यरत टप १०० लिडर्स सम्मान कार्यक्रम गरेको छ । विशेषगरी करोडपति एजेन्सी…

hero news full width