पोखरा । गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री महेन्द्रध्वज जिसीले व्यवस्थापनको कमजोरीले सहकारी बिग्रन सक्ने हुँदा सदस्यहरु सचेत भएर व्यवस्थापन सबल बनाउनुपर्नेमा जोड दिएका छन् ।
पुरानो धारा बचत तथा ऋण सहकारी संस्था पोखरा–१२ को १६ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै मन्त्री जिसीले केही सहकारीमा भएको बदमासीले अरुलाई पनि तर्साएको बताए । पुरानोधाराको प्रतिवेदन हेर्दा सन्तोषजनक देखिएको भन्दै उनले आफ्नो सिद्धान्तलाई इमानदारी साथ पालना गर्दा कुनै पनि सरकारी नडुब्ने उल्लेख गरे ।
पोखरा–१२ का वडाध्यक्ष सन्तोष बास्तोलाले सहकारी देशको आर्थिक मेरुदण्ड रहेका बताउँदै यसको गरिमा र विश्वसनीयता कायम राख्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, समाजसेवी माधवप्रसाद बास्तोला ‘मधु’, सयपत्री बचत तथा ऋण सहकारी अध्यक्ष टीकाबहादुर कार्की, चापापानी बचत तथा ऋण सहकारी सचिव श्यामप्रसाद साँठी, आदर्श समाज सामाजिक संस्थाका अध्यक्ष लक्ष्मी कोइरालाले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रमका अध्यक्ष एवं संस्थाका अध्यक्ष कृष्णप्रसाद कोइरालाले ‘म होइन, हामी । मेरो होइन, हाम्रो । एक जनाको लागि होइन, सबैका लागि’ भन्ने मूलमन्त्र र भावनाबाट अभिप्रेरित भएको बताए । उपाध्यक्ष चन्द्रनाथ कोइरालाको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन सचिव चन्द्रप्रकाश कोइरालाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरा फाइनान्स अध्यक्षमा राजकुमार
सञ्चयले ११ प्रतिशत मुनाफा बाँड्ने, अध्यक्षमा गणेशबहादुर थापा
कुँडहर सहकारीमा विश्वबन्धु
पोउवा संघद्वारा लेउवा संघको टिमलाई बधाई
टप लिडर्स सम्मानित
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०