लोमान्थाङ । मुस्ताङ गल्फ च्यालेन्ज उपाधि साविक विजेता श्याम तामाङले जितेका छन् । ‘स्टेबल फोर्ड’ फम्र्याटमा खेलाइएको खेलमा उनले एक अन्डर १९ अंकका साथ उपाधि जितेका हुन् । उनले ३ पार र ५ बुगी हिर्काए ।
अघिल्लो वर्ष उनले २४ अंकसहित उपाधि जितेका थिए । प्रतियोगितामा पोखरेली गल्फर लिलाजङ गुरुङ दोस्रो भए । ९ होलमा भएको खेलमा गुरुङले ‘लेवलपार’ १८ अंकको स्कोर बनाए ।
विश्वकै सर्वाधिक उचाइ दाबी गरिएको कोर्स लोवथाङस्थित ४ हजार ६ सय ४५ मिटरमा छ
महिलातर्फ उपाधि पोखरेली गल्फरले जितेकी छिन् । २ पार र ४ बुगी हिर्काएकी जूनी गुरुङले १५ अंक पाइन् । काठमाडौंकी सुस्मा सिंह १३ अंकका साथ दोस्रो भइन् । प्रतियोगितामा रविन राना ‘बेष्ट ग्रस’ बन्न सफल भए । रानाले २ गल्फरलाई पछि पार्दै बेस्ट ग्रसको उपाधि रक्षा गरेका हुन् । रविनसहित याम राना र पिवी राईको समान ११ अंक रहे पनि काउन्ट ब्याकमा उपाधि रक्षा गरे ।
मोस्ट बर्डिजको उपाधि आत्माराम सिंखडाले जिते । उनले एक बर्डिज हिर्काएका हुन् । ‘क्लोजेस्ट टु दि पिन’ मेजर विजय मोक्तान र ‘लङ्गेस्ट ड्राइभ’ माधव सिंखडाले हिर्काए । सिनियरतर्फ उपाधि पोखराका बलराम थापाले जिते । ६१ वर्षीय थापाले १६ स्कोर गरेका थिए । विश्वकै सर्वाधिक उचाइ दाबी गरिएको कोर्स लोवथाङस्थित ४ हजार ६ सय ४५ मिटरमा छ ।
च्यालेन्जमा २४ पुरुष र ४ महिला गरी २८ गल्फरबीच प्रतिस्पर्धा भएको थियो । पोखरा, काठमाडौं, धरान, बुटवललगायत सहरका गल्फर मुस्ताङ पुगेका हुन् । विजेतालाई मुस्ताङ गल्फ कोर्सका म्यानेजिङ डाइरेक्टर तथा पूर्व सांसद इन्द्रधारा विष्ट, लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हुर्वु गुरुङ, नेपाल गल्फ संघ उपाध्यक्ष पवित्रकुमार कार्कीलगायतले ट्रफी वितरण गरेका थिए । प्रतियोगितामा होल इन वानको लागि घोडा पुरस्कार राखिएकोमा कसैले पनि उक्त पुरस्कार जित्न सकेनन् ।
गल्फ च्यालेन्जको लोमान्थाङका युवराज झिग्मी ढिण्डुप फोन्छुक परवल विष्टले ‘टी अफ’ गरेर उद्घाट गरे । प्रतियोगिताकै लागि नेपाल गल्फ संघका केन्द्रीय सदस्य भुवहादुर गुरुङ (भुवन) सहितको प्राविधिक टोली १ साताअघि लोमान्थाङ आइपुगेको थियो । पुरस्कार वितरणपछि विष्टले नेपालमा नयाँ पहिचानरुपमा मुस्ताङ गल्फ कोर्सलाई दर्ज गर्न अभियान चलाएको बताए ।
‘नेपालमा विश्वकै सर्वोच्च शिखर सगरमाथा छ । लुम्बिनी पनि नेपालको अर्को परिचय हो,’ उनले भने, ‘अब विश्वकै सर्वाधिक उचाइको गल्फ कोर्स भएको नेपाल हुनेछ । हामी गिनिज बुकमा नाम लेखाउने प्रक्रियामा छौं ।’ मुस्ताङ गल्फ कोर्स दर्ता गरिसकिएको र जग्गा प्राप्तिका लागि सम्बन्धित निकायमा निवेदन बुझाएको उनले बताए ।
यसअघि सिक्किमको याक गल्फ कोर्स सबैभन्दा उचाइको कोर्सको रुपमा स्थापित छ । यो कोर्स ३ हजार ९ सय मिटर उचाइमा छ । विष्टले आगामी दिनमा प्रोफेसनल गल्फरलाई समेत मुस्ताङ पु¥याउने दाबी गरेका छन् । अहिलेसम्म एम्योचर गल्फरबीचमा मात्रै प्रतिस्पर्धा भएको छ ।
Related News
सम्बन्धित समाचार
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
शिक्षामन्त्री कोटिहोममा
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
hero news full width
मुख्य समाचार
आज पोखराको विशेष नगर सभा
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१