पोखरा । सहारा क्लब पोखराको अध्यक्षमा केशवराज बराल निर्वाचित भएका छन् । क्लबको शनिबार १३ औं अधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि अध्यक्षमा बराललाई सर्वसम्मत निर्वाचित गरेको हो ।
अधिवक्ता समेत रहेका बराल क्लबमा बौद्धिक व्यक्तित्वको रुपमा चिनिन्छन् ।
वसन्त थकाली नेतृत्वको तेस्रो कार्यकालमा २०५८ मा सहसचिवबाट क्लबको कार्यसमितिमा प्रवेश गरेका बराल गएको कार्यकालमा वरिष्ठ उपाध्यक्ष थिए ।
यस्तै, कार्यसमिति वरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर गुरुङ चयन भए । संस्थापक सचिव उनी शिक्षण पेसाका कारण भण्डै २० वर्ष कार्यसमिति बाहिर थिए ।
उपाध्यक्षमा चित्रबहादुर पुन र महासचिवमा रामजीप्रसाद अधिकारी दोहोरिए । सचिव टंकराज पौडेल, कोषाध्यक्षमा बिनु राना मगर र सहकोषाध्यक्ष अशोक लालचन चयन भए । सदस्यमा ज्योति केसी, चन्द्रावती गुरुङ, अम्बर राजभण्डारी, विष्णु गुरुङ, सुशील रिमाल र केशव पौडेल चयन भए ।
क्लबले शनिबार अध्यक्ष हरिराम गुरुङ (सुरज) को अध्यक्षतामा विशेष समारोहबीच रजत महोत्सव मनायो । २०५५ साल भदौ ३० मा जन्मिएको सहारा क्लब मोफसलको चर्चित क्लब हो । सहाराले हरेक वर्ष पोखरा रंगशालामा फुटबल प्रतियोगिता संचालन गर्दै आएको छ भने पोखरा १७ दोबिल्लामा सहारा फुटबल एकेडेमी चलाएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी पेट्रोलियम कम्पनीले मनायो स्वर्ण महोत्सव
सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट परशुराम सम्मानित
मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
जोगिमणि टोलमा गोपाल
युनाइटेड क्लबमा विभिन्न उपसमिति र सल्लाहकार चयन
hero news full width
मुख्य समाचार
पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
भाद्र २९, २०८१‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१