रेग्मीलाई बिपी स्मृति पुस्तकालयको सम्मान

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०८०
regmi

पोखरा । ज्युँदा सहिद स्याङ्जाका खगेन्द्र रेग्मीलाई बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले सम्मान गरेको छ । लामो समयदेखि विपी सिद्धान्तलाई आत्मसात गर्दै प्रजातन्त्रका पक्षमा काम गरेका रेग्मीलाई २५ हजार नगद, सम्मानपत्रसहित सम्मान गरिएको हो ।

बिपी जयन्तीमा आयोजित सम्मान कार्यक्रममा उनी अस्थताले उपस्थित हुन नसकेपछि उनको निवासमा पुगेर सम्मान गरिएको कांग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभाग उपप्रमुख शिरोमणि बरालले बताए । रेग्मी हाल भरतपुरस्थित पारसनगरमा आफन्त विश्वराज पौडेलको निवासमा आराम गरिरहेका छन् ।

कार्यक्रममा गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आफूले रेग्मीको हरेक सुखदुखमा साथ दिएको र उनले पनि आफ्ना हरेक सुखदुखमा साथ दिएको सुनाए । लामो समयदेखि पार्टीमा लागेका, प्रजातन्त्रका पक्षमा लडेका परिवारलाई नेतृत्वमा पुर्‍याउन सकेमा प्रजातन्त्रको भविष्य अझ सुन्दर बन्ने उनले आशा व्यक्त गरे ।

कांग्रेस गण्डकी प्रदेश महामनत्री विष्णु लामिछानेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा रेग्मीले पुर्‍याएको योगदान भावी पुस्ताका लागि प्रेरणादायी भएको बताए । प्रतिनिधि सभा सदस्य राजु थापाले रेग्मीको जीवनी र व्यक्तित्वबारे प्रकाश पार्दै स्याङ्जाको इतिहासमा ज्युँदा सहिद रेग्मीले जिल्लामा ३ कार्यकाल पार्टीको नेतृत्वमा रहेर काम गरेको बताए ।

विपी स्मृति पुस्तकालय गण्डकी प्रदेश अध्यक्ष माधवप्रसाद बास्तोला (मधु) ले गण्डकी प्रदेश भित्र छरिएर रहेका प्रजातन्त्रका सेनानीमध्ये प्रत्येक जिल्लाका १–१ जना गरी ११ जना व्यक्तित्व छनोट गरिएको बताए । योगदान गरेको व्यक्तिको भविष्यमा एउटा ऐतिहासिक दस्तावेज होस् भन्दै कोष खडा गरी सम्मान गर्ने प्रक्रिया थालिएको उनले बताए ।

कांग्रेस गण्डकी प्रदेशका सदस्य एवं प्रचारप्रसार विभाग उपप्रमुख तथा पुस्तकालका कोषाध्यक्ष शिरोमणि बरालले यस्ता गतिविधिलाई निरन्तरता दिइने बताए । पुस्तकालयलाई बिपीको सिद्धान्तलाई तालिम, प्रशिक्षण दिने स्थलका साथै अध्ययन अनुसन्धानको केन्द्र समेत बनाइने उनको भनाइ थियो ।

पुस्तकालय अध्यक्ष माधवप्रसाद बास्तोला (मधु) को अध्यक्षतामा भएको कार्यक्रमको कांग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभाग उपप्रमुख शिरोमणि बरालले सञ्चालन गरेका थिए । कार्यक्रममा स्वास्थ्य तथा कृषि उद्यमी खुमा अर्याल, कांग्रेस गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ, कांगेस गण्डकी प्रदेशका मुख्य सचिव पदम श्रेष्ठ, स्याङ्जाका उपसभापति केदार काफ्ले, मिर्मिरे नगरपालिकाका उपसभापति लक्ष्मण अधिकारी, कांग्रेस गण्डकी प्रदेश प्रतिनिधि टंकप्रसाद बास्तोला, कांग्रेस चितवन पारसनगरका नेता विश्वराज पौडेललगायतको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

  • गौरीशंकरमा रेडक्रस अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    पोखरा । पोखरा–२५, हेमजास्थित गौरीशंकर बहुमुखी क्याम्पसमा मंगलबार रेडक्रस अभिमुखीकरण तथा डेंगु सचेतना भएको छ । क्याम्पसस्थित युवा रेडक्रस सर्कलको…
  • मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    पोखरा । लमजुङको सुन्दरबजार नगरपालिका ६ की ५७ वर्षीय सुकमाया दुराको मनिपाल शिक्षण अस्पतालमा सोमबार उपचारक्रममा मृत्यु भयो । श्वासप्रश्वास…
  • ब्युटीपार्लर एसोसिएसनको संयुक्त सभा

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८०
    पोखरा । ब्युटीपार्लर एसोसिएसन गण्डकी, कास्की र लेखनाथको आइतबार संयुक्त रुपमा साधारणसभा भयो । आर्थिक समृद्धिका लागि सौदन्र्य पेसा आजको…
  • पोखरामा खटिए नयाँ नगर प्रहरी

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    पोखरा । पोखरा महानगरपालिकामा नयाँ भर्ना भएका नगर प्रहरी सोमबारदेखि कार्यक्षेत्र प्रवेश गरेका छन् । महानगरले ४८ जना नगर प्रहरीहरु…
  • नौविसे ओख्लेडाँडा टोलमा ठाकुर

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    लेखनाथ । नौविसे ओख्लेडाँडा टोल विकास संस्था पोखरा–२९ को अध्यक्षमा ठाकुरप्रसाद घिमिरे चयन भए । संस्थाको १३ औं साधारण सभा…

hero news full width