लेखनाथ । तीज अवसरमा पोखरा –२७ स्थित लिटल फ्लावर एजुकेसनल एकेडेमीमा अतिरिक्त क्रियाकलापअन्तर्गत तीज गीत प्रतियोगिता भएको छ ।
कक्षा ३ देखि १० सम्मका १० टिमले भाग लिएको प्रतियोगितामा कक्षा ७ ‘क’ समूहले प्रथम स्थान हासिल गरेको छ । कक्षा १० को समूहले दोस्रो स्थान हासिल गर्न सफल भयो भने कक्षा ४ को समूहले तेस्रो पुरस्कार प्राप्त गर्यो । कक्षा ३ ले प्रोत्साहन पुरस्कार पायो ।
विजयी समूहलाई पुरस्कार वितरण गर्दै विद्यार्थीको सिर्जनात्मक क्षमताको अभिवृद्धि तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रिन्सिपल विकल पौडेलले बताए ।
निर्णायकहरुमा नृत्य प्रशिक्षक मिलन तामाङसहित शिक्षक लक्ष्मी गुरुङ र विष्णुहरि पौडेल थिए ।
गिता शिक्षक लक्ष्मी घिमिरेको अध्यक्षतामा भएको प्रतियोगितामा विद्यालय इञ्चार्ज रामप्रसाद अधिकारीले स्वागत गरेका थिए । ५९ औं अन्तराष्ट्रिय बाल दिवसबारे माध्यमिक तह इन्चार्ज रामकृष्ण आचार्यले बोलेका थिए । प्रतियोगिताको सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक विचित्र न्यौपानेले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पश्चिमाञ्चलका विद्यार्थीलाई प्रशिक्षण
अल्फा बाल क्लब अध्यक्षमा जुनू
स्याङ्जामा मनाइयो शिक्षा दिवस
कालिकामा नवआगन्तुक विद्यार्थीको स्वागत
पोवि स्कुल अफ बिजनस देशभरमै उत्कृष्ट
hero news full width
मुख्य समाचार
पोखरा उद्योग वाणिज्य संघ नवनिर्वाचित समितिलाई लेउवा संघको स्वागत
अनेमसंघ (क्रान्तिकारी) गण्डकीमा गीता शाही
असाेज ४, २०८१प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क प्रस्थान
असाेज ४, २०८१सुरु भयो पदयात्राको याम
असाेज ४, २०८१गण्डकीमा ५ वटा ऐन संशोधन हुँदै
असाेज ४, २०८१रुपा रिङरोड दोस्रो खण्ड शिलान्यास, लागत ४७ करोड १८ लाख
असाेज ३, २०८१