विन्ध्यवासिनीमा तीज गीत प्रतियोगिता

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०८०
Bindhyabasini teejss

पोखरा । पोखरा १६, बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविमा तीज गित प्रतियोगिता सम्पन्न भएको छ । तीजका अवसरमा आयोजना गरिएको प्रतियोगितामा कक्षा ४ देखि १२ कक्षासम्मका विद्यार्थीले भाग लिएका थिए ।

कक्षा ४ देखि ८ सम्मको प्रतिस्पर्धामा युनिसा गायकको समूह प्रथम, कामना तिवारीको समूह द्वितीय, शरद भट्टराईको समूह तृतीय र युनिकाको समूह सान्त्वना भयो ।

कक्षा ८ देखि १२ को प्रतिस्पर्धामा करिनाको समूह प्रथम, पूर्णिमा भट्टराईको समूह द्वितीय, रेणुकाको समूह तृतीय र तेजकुमारी साउदको समूह सान्त्वना भएको निर्णायक महेन्द्रमणि पौडेलले जानकारी दिए ।

विजयीलाई पुरस्कार वितरण गर्दै विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले तीज पर्व नेपाली नारीको मौलिक र संस्कृतिक पर्व भएकाले यसको जगेर्ना गर्नुपर्ने बताए । सहभागी समूहको शिक्षक महेन्द्रमणि पौडेल, इन्दु भट्टराई र तारा अधिकारीले मूल्यांकन गरेका थिए ।

कार्यक्रम सञ्चालन शिक्षक दुर्गा सापकोटाले गरेकी थिइन् ।

सामुदायिक विद्यालयतर्फ नेपालकै उत्कृष्ट सो विद्यालयलाई हिमालय क्लबले सम्मान समेत गर्ने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • शिक्षकको राजधानीकेन्द्रित आन्दोलन

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    पोखरा । नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षक र कर्मचारीहरुले राजधानीकेन्द्रित आन्दोलन चर्काएका छन् । देशभरका विद्यालय बन्द गरेर राजधानी…
  • पोखरासहित गण्डकीका शिक्षाकर्मीलाई राष्ट्रिय शिक्षा पुरस्कार

    आदर्श समाज सम्वाददाता असाेज २, २०८०
    पोखरा । राष्ट्रिय शिक्षा दिवसका अवसरमा गण्डकी प्रदेशका शिक्षासेवी, क्याम्पस तथा विद्यालय पुरस्कृत भएका छन् । शिक्षा मन्त्रालयले मंगलबार जारी…
  • निवृत्त शिक्षक समुदायको हाजिरीजवाफ

    आदर्श समाज सम्वाददाता असाेज १, २०८०
    पोखरा । निवृत्त शिक्षक समुदाय पोखरा २५ हेमजाको आयोजना र हेमजा बचत तथा ऋण सहकारीको सहयोगमा ५९ औं बालदिवसका अवसरमा…
  • दियालोका विद्यार्थीलाई सहयोग

    आदर्श समाज सम्वाददाता असाेज १, २०८०
    पोखरा । दियालो आधारभूत विद्यालय, पुतलीबजार १३ स्याङ्जामा बाल दिवसका अवसरमा विद्यार्थीलाई सहयोग प्रदान गरिएको छ । पूर्व विद्यार्थी वीरेन्द्र…
  • रजत अवसरमा पोखरा आदर्शको कविता प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८०
    पोखरा । पोखरा आदर्श माध्यमिक विद्यालयको रजत जयन्ती अवसरमा जिल्लास्तरीय कविता प्रतियोगिता शुक्रबार सम्पन्न भयो । गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा…

hero news full width