पोखरा । पोखरा–३ नदीपुरस्थित बालमन्दिर माध्यमिक विद्यालयको ५९ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले प्रदेश सरकार समग्र शिक्षा विकासको पक्षमा रहेको उल्लेख गर्दै विद्यालयको भौतिक निर्माणमा पनि सहयोग गर्ने बताइन् । उनले बालमन्दिरबाट शैक्षिक व्यवस्थापनको पाटो अन्य विद्यालयले पनि सिक्नुपर्ने औंल्याउँदै विद्यार्थीलाई अनुशासित बन्न सुझाव दिइन् ।
नेपाल बालसंगठन कास्की सभापति वामदेव ढुंगाना, शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक अम्बिका आचार्य, पोखरा ३ का वडाध्यक्ष प्रकाशमान उदास, शिक्षा विकास समन्वय इकाई कास्की प्रमुख लोकनाथ आचार्य लगायतले बोलेका थिए ।
प्रधानाध्यापक सुशील बस्नेतले थुपै चुनौतीबीच हालसम्म शैक्षिक नतिजा सन्तोषजनक आइरहेको छ भन्दै विद्यालयमा आर्थिक तथा भौतिक समस्या रहेको स्पष्ट पारे । उनले ७५ जनामध्ये २२ जना शिक्षक कर्मचारीमात्रै सरकारी सेवा सुविधा उपयोग गर्ने रहेको तथ्य अगाडि सार्दै शिक्षक व्यवस्थापन तथा भौतिक विकासमा ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
कार्यक्रमका बीच २० वर्ष सेवा गरेका शिक्षक तिलकबहादुर कार्की, सीमा पराजुली साथै कर्मचारी शारदा थापा तथा विभिन्न अक्षयकोषदातालाई सम्मान गरियो ।
त्यस्तै विज्ञान प्रदर्शनी हुनका साथै विद्यार्थीले नृत्य तथा नाटक देखाए । नर्सरीदेखि कक्षा १२ सम्म उत्कृष्ट जिपिए हासिल गर्ने विद्यार्थीलाई शैक्षिक पुरस्कार वितरण गर्नुका साथै विभिन्न ९ कोषबाट छात्रवृत्ति पनि प्रदान गरियो । त्यस्तै बालदिवस समेत मनाइयो ।
विद्यालयका अध्यक्ष वसन्तलाल कतिलाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी रक्षा शर्माले स्वागत तथा विद्यार्थीहरू वीरेन्द्र श्रेष्ठ, रचना भट्टराई, विपाशना भण्डारी, रक्षा सुवेदी, स्वस्तिका पौडेल, कुशल पौडेल, पल्लवी वस्ताकोटी र सदीक्षा पौडेलले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरेका थिए । विद्यालयमा कुल १ हजार ३ सय ५० विद्यार्थी अध्ययनरत छन् ।
Related News
सम्बन्धित समाचार
शिक्षकको राजधानीकेन्द्रित आन्दोलन
पोखरासहित गण्डकीका शिक्षाकर्मीलाई राष्ट्रिय शिक्षा पुरस्कार
निवृत्त शिक्षक समुदायको हाजिरीजवाफ
दियालोका विद्यार्थीलाई सहयोग
रजत अवसरमा पोखरा आदर्शको कविता प्रतियोगिता
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०